२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्ट एक हुनुको विकल्प छैन : नेता महरा

२०७७, ६ पुष सोमबार १५:४२

 पुस ६, तुलसीपुर (रासस) । सङ्घीय संसद्का पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताउनुभएको छ ।

कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य मणिकलाल गौतमको १३ औँ दिनको पुण्यतिथिमा आज घोराहीमा आयोजित श्रद्धाञ्जलिसभामा उहाँले पार्टीमा देखिएको समस्यालाई छलफलबाट हल गर्नुपर्ने बताउनुभयो । 

अहिले पार्टीभित्रको समस्या बहसकै अवस्थामा रहेको भन्दै उहाँले स्वस्थ राजनीतिक बहस भएमा यसले मुलुकमा नयाँ निकास दिने बताउनुभयो । “अहिले पार्टी विभाजनको स्थितिमा पुगेको छ तर पार्टी एक हुनुको विकल्प छैन”, नेता महराले भन्नुभयो ।

उहाँले वामपन्थी एकता, राष्ट्रिय एकता, आदर्श र सिद्धान्तमा अडिग हुनुपर्ने बताउनुभयो । ठूलो सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेसमेत उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने