2026-06-20 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटनामा परेर गम्भीर घाइते भएका मगरलाई चार लाख त्रिपन्न हजारआर्थिक सहयोग प्रदान

 पुस १२, काठमाडौं । दुर्घटनामा परेर गम्भीर घाइते सर्लाहीको हरिवन–८ का भोज बहादुर मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । श्री महादेव जनता नमुना माध्यमिक विद्यालय सर्लाहीका एस. एल. सी. २०५९ का पुर्व विद्यार्थी समूहले आफुसँगै पढेका साथी  मगरलाई नगद चार लाख त्रिपन्न हजार दुई सय अठहत्तर  रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका मगरको भक्तपुरमा काम गर्ने क्रममा दुर्घटनामा परेर मेरुदण्ड भाँचिनुका साथै मुख्य नशा चुट्टिएर  दुवै खुट्टा नचल्ने अवस्थामा पुगेका छन् । दुर्घटना पश्चात् लामो समय भक्तपुरको मध्यपुर थिमी अस्पतालमा तथा काभ्रेको इस्पैनल इन्जुरी अस्पतालमा उपचार गराउँदा पनि मुख्य नशा  चुट्टिएकोले दुवै खुट्टा नचल्ने जानकारी अस्पतालबाट प्राप्त भएपछि जीवन देखि निरास हुँदै हाल भोज बहादुर मगर आफ्नै गाउँको घर हरिवन न.पा.वडा न.८,सर्लाहीमा ह्युइल  चियर को साहारामा बाँच्न बाँध्य भएको पुर्व एस. एल. सी.२०५९ समूहका विनय तिमल्सिनाले जानकारी दिए। 


'देशविदेशमा रहेका आफुहरुसँगै एस. एल. सी.२०५९ मा पढेका मनकारी साथीहरुबाट हामीले सहयोग संकलन गरेका हौँ,’ उक्त अभियान चलाउने समूहका सदस्य विनय तिमल्सिनाले भने, ‘भोज बहादुरको स्वास्थ्य र आर्थिक अवस्था दुबै नाजुक भएको पाएपछि हामीले उहाँको उपचार लगायत का अन्य खर्च जुटाउन सहयोग संकलन अभियान चलाएका हौँ।’ 

उक्त संकलित सहयोग शनिबार दिउँसो श्री महादेव जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरु बिरामी अवस्थाका भोजबहादुर मगरको घरमा उपस्थित भइ विद्यालयको प्रधानाध्यापक जयशङ्कर सिंहको हातबाट रकम हस्तान्तरण गरेको तिमल्सिनाले बताए । 

साथै सहयोग रकम हस्तान्तरण गर्ने क्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले असक्त अवस्था का भोज बहादुर मगरका छोरीहरुलाई पढ्नका लागि किताब, कलम, ड्रेस लगायतका सम्पूर्ण खर्च विद्यालयले बेहोर्ने गरि निःशुल्क पढाउने भन्दै मगरलाई चाडो निको हुनु भनि हौसला बढाएको तिमल्सिनाले बताए । 

‘हामीले उहाँलाई सबै पुर्व विद्यार्थी मिलेर नगद  चार लाख त्रिपन्न हजार दुई सय अठहत्तर आर्थिक सहयोग गरेका छौँ,’ तिमल्सिनाले भने, ‘पछि फेरि थप सहयोग गर्नु पर्ने अवस्था आएमा फेरि पनि सहयोग गर्ने छौँ।’

हामीहरुले गाउँघर र समाजमा असक्त,असहाय तथा आर्थिक अवस्था कमजोर रहेका मानिसहरुलाई सबैले आ–आफ्नो ठाउँबाट सक्ने सानो सानो सहयोग गर्दा पनि थोपा थोपा मिलि समुन्द्र बन्छ भने झैँ पिडित मान्छे लाइ उक्त समएमा ठुलो सहयोग र हौसला हुने तिमल्सिनाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ