साउन १९,  डोल्पा । डोल्पाको उत्तरी क्षेत्र भौगोलिक रुपमा अत्यन्तै विकट भएकाले यहाँका मानिसको जीवनशैली ज्यादै कष्टकर छ । 

विकटताकै कारण खाद्यान्न, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत तत्वबाट त वञ्चित छँदैछन् यहाँका सर्वसाधारण सञ्चारको पह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९,  डोल्पा । डोल्पाको उत्तरी क्षेत्र भौगोलिक रुपमा अत्यन्तै विकट भएकाले यहाँका मानिसको जीवनशैली ज्यादै कष्टकर छ । 

विकटताकै कारण खाद्यान्न, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत तत्वबाट त वञ्चित छँदैछन् यहाँका सर्वसाधारण सञ्चारको पह"/>

2026-09-03 04:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

उपल्लो डोल्पाका तीन गाविस सञ्चारविहीन

साउन १९,  डोल्पा । डोल्पाको उत्तरी क्षेत्र भौगोलिक रुपमा अत्यन्तै विकट भएकाले यहाँका मानिसको जीवनशैली ज्यादै कष्टकर छ । 

विकटताकै कारण खाद्यान्न, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत तत्वबाट त वञ्चित छँदैछन् यहाँका सर्वसाधारण सञ्चारको पहुचबाट समेत वर्षौदेखि वञ्चित हुनुपरेको छ । उत्तरी भेगका तीन गाविस सञ्चारविहीन भएको र सञ्चारको पहुच भएका गाविसमा पनि सञ्चार सेवा अनिश्चित भएको तिन्जेका स्थानीय धावा गुरुङले बताउनुभयो । 

सञ्चार सेवाको व्यवस्था नभएकाले खबर आदानप्रदान हुन नसक्दा निर्जन स्थानजस्तै लाग्ने गरेको साल्दाङका स्थानीयवासी पेमा वाङ्जेनले बताउनुभयो । टेलिफोन गर्नकै लागि चार पाँच दिन लगाएर सदरमुकाम आउनुपर्ने वा दुई दिनसम्म लगार छिमेकी गाविस धो, मुकोट, फोक्सुन्डोलगायतका गाविसमा जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

माथिल्लो डोल्पाका छवटा गाविसमध्ये धो, मुकोट, फोक्सुन्डोमा भने मर्मतपछि भि–स्याट फोनको सुविधा भए पनि छार्का, साल्दाङ, तिन्जेलगायतका चार गाविसमा सञ्चार सुविधा नभएको दुरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ । 

डोल्पाका सबै गाविसमा विसं २०६३ मा भि–स्याट फोन जडान गरिएपनि अधिकांश ठाउँमा बिग्रेका फोन मर्मत नभएकाले सञ्चारविहीन भएको कार्यालयले बताएको हो । केही ठाउँमा मर्मत गरेर सेवा सञ्चालन गरिएको र उपल्लो डोल्पाका बाँकी गाविसमा पनि मर्मत गरिने कार्यालयले जानकारी दिनुभयो । 

उपल्लो डोल्पामा भि–स्याटबाहेकका मोबाइल टावरको व्यवस्था नभएको कार्यालयले जनाएको छ । मर्मतका लागि पटक÷पटक आग्रह गरेपनि यसवर्ष टोली नआएको दुरसञ्चार कार्यालय डोल्पाका नायब सुब्बा नवराज भट्टराईले बताउनुभयो । 

मोबाइल टावर भए पनि प्राविधिक कारणले तल्लो डोल्पाका ल्हाँ, रीमि, काईगाउँ, कालिकालगायतका गाविसमा सञ्चारको पहँुच अनिश्चित भएको छ । हप्तामा एक पटक मात्र टावर दिने भएकाले खबर आदान प्रदान गर्न चिठी वा मान्छे पठाउनुको विकल्प नरहेको स्थानीयवासी कृष्णचन्द्र पाण्डेले बताउनुभयो । 

डोल्पाका आठवटा मोबाइल टावर राखेर तल्लो डोल्पा र माथिल्लो डोल्पाका केही गाविसमा फोन सेवा उपलब्ध गराएको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही