१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगारीका लागि साउदीबाट फर्किएर कृषि कर्ममा रमाउँदै जनप्रतिनिधि

२६ फाल्गुन २०७७, बुधबार ०६:४५

गङ्गापराजुली । फागुन २६, इलाम । विसं २०५९ मा रोजगारीका लागि साउदी अरेबिया पुगेका इलामको सन्दकपुर गाउँपालिका–२ का गिरिराज खनालले घर फर्किएर कृषि कर्म थालेपछि मनग्ये आम्दानी गर्नुभएको छ । व्यावसायिक रुपमा फलफूलको नर्सरी राखेपछि खनालको आम्दानी बढेको मात्रै छैन गाउँका युवालाई रोजगारीको अवसर पनि दिनुभएको छ । 

विदेशमा गरिने मेहनतबाट देशमै गरे कृषि क्षेत्रबाट रोजगारी सिर्जना हुने देखेर घर फर्किएका खनालले शुरुमा बाख्रापालनबाट आफ्नो कृषि कर्मको शुरुवात गरेका थिए । सामाजिक सेवामा सक्रिय भएर बाख्रा  र कुखुरापालन गर्दै आएका खनाल गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभयो । 

जनप्रतिनिधि भएपछि पनि उहाँले फलफूल र नगदेबालीको बिरुवा उत्पादन कार्यलाई निरन्तरता दिनुभयो । वडाध्यक्षमा निर्वाचित भएपछि बाख्रा र कुखुरापालन गर्न नभ्याउने भएपछि आफ्नो व्यवसायलाई परिवर्तन गर्नुभयो । उहाँ भन्नुहुन्छ, “अहिले फलफुल र नगदेबालीको बिरुवा बिक्रीबाट राम्रो आम्दानी भएको छ ।”  

सन्दकपुर–२ का वडाध्यक्ष रहेका गिरिराज खनालले वैदेशिक रोजगारीबाट फर्केर गरेको आम्दानी देखेर स्थानीय युवा पनि कृषि कर्ममा सक्रिय हुन थालेका छन् । विसं २०५९ मा रोजगारीमा घरबाट निस्किएका खनाल साउदी अरेबिया पुगेका थिए । वैदेशिक रोजगारीका क्रममा कृषि फर्ममा नै काम गर्ने अवसर पाएपछि खनालले देशमै केही गर्न सकिने बुझेर घर फर्किएको बताउनुभयो । ‘‘विदेशमा पनि घरमा दैनिकजसो गरिएका क्षेत्रमा नै रोजगारीका अवसर प्राप्त हुँदा रहेछन्’’, खनाल भन्नुहुन्छ,“हामीले विदेशमा बसेर दिनको १० घण्टा नेपालमै काम गरेमा देशमै रोजगारीका अवसरसँगै आम्दानी मनग्ये आम्दानी गरिनेरहेछ ।” खनालले आफू स्वरोजगारसँगै गाउँका युवालाई रोजगारीका अवसर पनि दिनुभएको छ । 

विदेशमा गरिने मेहनत देशमै गरे कृषि क्षेत्रबाट रोजगारी सिर्जना हुने देखेर घर फर्किनु भएका खनालले अहिले हरेक वर्ष २० लाख बढी आम्दानी गर्दै आएका छन् । ‘‘कुखुरा र बाख्रापालन गर्दागर्दै स्थानीय तहमा वडाध्यक्षको टिकट मिल्यो, चुनाव पनि जितियो उहाँ भन्नुहुन्छ,“विदेशमा बस्दा फलफुल र तरकारीखेतीमै काम गरेकोअनुभवले गर्दा फलफुल र नगदेबालीको नर्सरी स्थापना गरी आफ्नो कृषि कर्मलाई निरन्तरता दिएको छु ।” 

बिहान बेलुकी आफैँ नर्सरीमा खट्ने खनालले पाँचजना स्थानीय युवालाई रोजगारी दिएका छन् । किबी, टिम्मुर, एबोकाडो, अलँैची, कागती, सुन्तला प्रजातिका बिरुवा उत्पादन हुने नर्सरीबाट आम्दानीसँगै रोजगारी पाएको स्थानीय चन्द्र खतिवडाले बताउनुभयो । रोजगारीसँगै कृषि क्षेत्रमा गर्नुपर्ने प्राविधिक ज्ञान पनि प्राप्त भएको छ, खतिवडा भन्नुहुन्छ,“शुरुमा नर्सरीमा किन नङ खियाउनु जस्तो लाग्थ्यो अहिले गर्दै जाँदा आम्दानीका स्रोतसँगै आफ्नो बारीमा किबीखेती रोपी  आम्दानी गर्न थालेका छौँ ।” 

पूर्वी नेपालका पहाडी जिल्लामा व्यावसायिक रुपमा खेती हुने अलँैचीको बिरुवा खनालको नर्सरीबाट वार्षिक १० लाखको सङ्ख्यामा बिक्री हुन्छ । सरकारले सन्दकपुर गाउँपालिकालाई किबी जोन बनाएपछि उहाँको नर्सरीमा किबीका बिरुवाको माग बढी छ । कागती, अचार खाने टिम्मुर सुन्तलाका बिरुवा १० लाखको सङ्ख्यामा वार्षिक बिक्री हुने गरेको छ । सन्दकपुर–२ का वडाध्यक्ष रहेका खनालको नर्सरीको आम्दानी देखेर स्थानीयवासीलाई पनि कृषि तथा पशुपालन क्षेत्रमा काम गर्ने प्रेरणा मिलेको स्थानीय बताउँछन् । हरेक वर्ष ३० लाख बिरुवा बिक्री गर्ने खनालको नर्सरी तीन वटा टनेलमा राखिएको छ । एक टनेलबाट खर्च कटाएर सात लाख आम्दानी हुने गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो (फोटो फिचर) हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु २३९ यात्रु रहेको विमानमा बम रहेको धम्की, दिल्लीमा अवतरण गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, यस्तो छ तयारी लमजुङमा जिप दुर्घटना: २२ जना घाइते, ५ जना भरतपुर लगियो पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम