मनमाया दनुवार आम नेपाली महिला जगत्की एक प्रतिनिधि पात्र हुन् । सशक्त बन्दै गएको त्यो जगत्भित्र केही गरौँ भन्ने उत्कट अभिलाषा छ, तर क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनमाया दनुवार आम नेपाली महिला जगत्की एक प्रतिनिधि पात्र हुन् । सशक्त बन्दै गएको त्यो जगत्भित्र केही गरौँ भन्ने उत्कट अभिलाषा छ, तर क"/>
2026-09-24 06:45 AM
काठमाडौँ - KTM

अपहरण कि वैदेशिक रोजगार !

मनमाया दनुवार आम नेपाली महिला जगत्की एक प्रतिनिधि पात्र हुन् । सशक्त बन्दै गएको त्यो जगत्भित्र केही गरौँ भन्ने उत्कट अभिलाषा छ, तर केही गरेको र नगरेको नतिजा या उपलब्धि पैसाले जोखिन्छ ।

परम्परागत रूपमा घर सञ्चालनको जिम्मेवारीमा श्रमको लगानी प्रशस्त हुन्छ, तर त्यसको मूल्य रुपैयाँ र सम्मानमा हासिल हुँदैन । श्रमिकको रूपमा बाहिर जाँदा कतिपय मुलुकमा श्रमको सम्मान हुन्छ र कतिपय ठाउँमा शोषण ।

नेपाली कामदार बढी संख्यामा जाने खाडी मुलुकमा श्रमको सम्मान कम र शोषण बढी हुने गरे पनि पसिनाको मोल ‘रियाद’ या ‘धिराम’ मा पाउने आशाले उनीहरूलाई मरुभूमिले आकर्षित गर्छ । त्यहाँ सामना गर्नुपर्ने प्रतिकूलताको कल्पना कमैले गर्छन्, तर श्रमको मूल्य लिएर स्वदेश फर्केपछि समृद्ध जीवनको कल्पना र आकांक्षा या महत्त्वाकांक्षा सबैमा हुन्छ ।

मनमाया दनुवार एउटा त्यस्तै आकांक्षा र कल्पनाको राजमार्गमा सजीव यात्री थिइन् । तर बीचैमा टुटेको त्यो यात्रापछि उनी यस्तो आकांक्षा बोकेका अनेक नेपाली दिदीबहिनीका लागि एकजना गुरु या अत्यन्त व्यावहारिक पाठका रूपमा देखा परेकी छन् र त्यस्तो यात्रामा जुट्नुपूर्व उनलाई सबैले गम्भीरताका साथ लिनु आवश्यक छ । त्यति मात्र हैन, वैदेशिक रोजगारका नाममा हुने मानव तस्करी र श्रम शोषणमा लिप्त स्वदेशी तथा अन्तर्राष्ट्रिय गिरोहको भूमिकाका कारण कसरी आपराधिक प्रवृत्ति फैलिएको छ र त्यसलाई रोक्न नेपाल सरकारले कस्ता पहल लिनु आवश्यक छ, त्यसको लागि पर्याप्त प्रमाण र बाध्यता जुटाइदिएकी छन् उनले ।

स्थानीय ‘दलाल’ मार्फत इराकमा राम्रो नोकरी जुटाइदिने प्रलोभनमा ठूलो रकम असुली गरेपछि स्वयम्भूबाट भारतको मुम्बई पुर्‍याइयो मनमायासहित नेपाली महिलाको एक ठूलो समूहलाई । असार ११ गते इराक पुर्‍याइने आश्वासनका साथ उनीहरूलाई श्रीलंका पुर्‍याई एउटा मानव तस्कर दलाल समूहले बन्दी बनायो, अमानवीय र यातनापूर्ण जीवन बिताउन बाध्य बनाएर ।

तर अवैध रूपमा सञ्चालित यस्ता धन्धामा लागेका तिनका कारिन्दा प्रतिरोधबाट डराउँछन्, किनकि त्यसले अपराध र त्यसमा संलग्न गिरोह सार्वजनिक निगरानीमा आउने खतरा बढ्न जान्छ । सम्भवतः त्यही कारणले मनमायाको विरोधपछि उनलाई नेपाल फर्काउन त्यो गिरोहको स्थानीय कारिन्दा बाध्य भयो र अन्नपूर्ण पोस्टमार्फत मनमायाले मानव तस्करीमा संलग्न त्यो अन्तर्राष्ट्रिय सञ्जाल तथा गतिविधि सार्वजनिक जानकारीमा ल्याइन्, ठूलो खतरा मोलेर ।

यो रहस्योद्घाटनले नेपाल सरकारसमक्ष एउटा ठूलो चुनौती र जिम्मेवारी सुम्पेको छ । पहिलो जिम्मेवारी मनमायासँगै मुम्बई हुँदै श्रीलंका पुगेकाहरूको यथार्थ हालत पत्ता लगाई उनीहरूको सुरक्षित स्वदेश फिर्ता हो । त्योसँगै त्यो तस्करीमा संलग्न नेपालस्थित दलाललाई गिरफ्तार गरी भारत र श्रीलंकाको त्यो सञ्जाललाई समेत कानुनको दायरामा ल्याउन सम्बन्धित सरकारमार्फत उसले पहल गर्नु आवश्यक छ ।

भारत र श्रीलंका दुवै मुलुक ‘सार्क’ का सदस्य भएका र मानव तस्करीविरुद्ध प्रतिबद्धता जनाएकाले त्यो अपराधमा संलग्न गिरोहविरुद्ध कारबाही सहज तरिकाले अघि बढाउन सकिन्छ । इराक अति जोखिमयुक्त द्वन्द्वग्रस्त मुलुक रहेको र त्यहाँ कामदार नपठाउने नेपाल सरकारको निर्णयविपरीत मनमायालगायतलाई रोजगारका नाममा त्यहाँ पठाउने गिरोह पक्कै पनि निकै शक्तिशाली देखिन्छ ।

त्यसको बाहिर र नेपाली प्रशासन तथा शक्तिकेन्द्रसँगको साँठगाँठसमेत खुल्ने गरी छानबिन गर्नु सरकारको अपरिहार्य दायित्व र जवाफदेही हुनेछ । – अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी