2026-07-25 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको कोरोना खोप कति प्रभावकारी ? खोप लगाएकाहरुको अवस्था के छ ?

वैशाख १२, एजेन्सी | भारत बायोटेक र इंडियन काउन्सिल अफ मेडिकल रिसर्च (ICMR) को प्रयासबाट बनेको कोरोना भ्याक्सिन को-भ्याक्सिन संसारकै सबैभन्दा बढी सफल भ्याक्सिन मध्ये एक रहेको दावी गरिएको छ । फेज-३ क्लीनिकल ट्रायल्सको दोश्रो नतीजाको आधार अनुसार दावी गरिएको छ कि भ्याक्सिनको क्लिनिकल एफिकेसी ७८% छ । याने कि भारतको खोप इन्फेक्शन रोक्नमा ७८% प्रभावकारी छ । जसले परीक्षणको क्रममा यो खोप लगाएका थिए, उनिहरु मध्ये कसैलाई पनि गम्भीर लक्षण देखिएको छैन । दावी गरिएको छ कि गम्भीर लक्षणलाई रोक्नमा कोरोना खोपको प्रभाव शत प्रतिशत प्रभावकारी छ ।

को-भ्याक्सिन बनाउनमा सहयोगी ICMR को दावी छ कि यो खोप सबै प्रकारको भ्यारीएन्ट रोक्नमा प्रभावकारी छ । दावी अनुसार खोप लगाएकाहरुलाई UK, ब्राजील र दक्षिण अफ्रीकी भ्यारीएन्ट्समा मात्र नभई भारतका १० भन्दा बढी राज्यमा आएको डबल म्यूटेन्ट भ्यारिएन्टमा पनि यो प्रभावकारी साबित भएको छ । 

को-भ्याक्सिनलाई शुरुआतमा भारतको केन्द्र सरकारले कोभीशील्ड संगै इमरजेन्सी प्रयोगको अनुमति दिएको थियो । त्यसबेला यसको क्लिनिकल ट्रायल्सको नतिजा आएको थिएन, त्यतिबेला यसलाई ट्रायल्सको रुपमा अनुमति दिईएको थियो । जब पछिल्लो महिना को-भ्याक्सिनको तेश्रो चरणको पहिलो नतिजा आयो तब आशा गरिएभन्दा राम्रो नतिजा प्राप्त भयो । नतिजा अनुसार कोभिशील्डको प्रभावकारिता करीब ७०% छ, जबकि को-भ्याक्सिनको नतिजा ८१ प्रतिशत देखियो । दोश्रो चरणको नतिजालाई लिएर यसको आंकडामा थोरै करेक्शन गरेर ७८ प्रतिशत प्रभावकारी मानिएको छ । 

कोरोना खोपको प्रभावकारीताको बारेमा परीक्षणको क्रममा राम्रो कुरा यो आयो कि भ्याक्सिन लिएका समूह मध्ये कोरोना संक्रमित भएका कसैलाई पनि कोरोनाको कारण गम्भीर लक्षण देखिएन । अझै कोरोना खोपको अन्तिम अध्ययन, सुरक्षा र प्रभाकारीताको आंकडा जून महिनामा मिल्ने बताइएको छ । अहिले तेश्रो चरणको खोप १८ देखि ९८ वर्षका भोलेन्टिएर्सलाई सहभागी गराइएको थियो । हालसम्म १८ बर्ष मुनिकालाई भने को-भ्याक्सिन खोप परीक्षण गरिएको छैन । 

हालसम्म को-भ्याक्सिनको १ करोड १३ लाखभन्दा बढी डोज भारतमा दिईसकिएको छ । जसमा करीब ९६ लाख पहिलो डोज र १७ लाख दोश्रो डोज छ। पहिलो डोज लिएपछि ०.०४ प्रतिशत र दोश्रो डोज लिएपछि लगभग त्यतिनै संख्याका मानिस मा कोरोना इन्फेक्शन देखिएको छ ।

भारत बायोटेकका अनुसार कम्पनीले प्रतिवर्ष ७० करोड भ्याक्सिनको डोज उत्पादन गर्ने तयारी गर्दैछ । कम्पनीले अप्रिलमा २ करोड डोजको उत्पादन गरेको छ । भारत बायोटेकको भ्याक्सिनलाई हाल ६० भन्दा बढी देशले रुचि देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक