2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

विद्यावारिधि गर्नेलाई एक लाख ११ हजार १११ छात्रवृत्ति

वैशाख २१, खोटाङ (रासस) । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार गाउँपालिकाले वडा नं ६ इन्द्रेणीपोखरीका विष्णुबहादुर कार्कीलाई छात्रवृत्ति स्वरुप रु एक लाख ११ हजार १११ प्रदान गरेको हो । 

गाउँपालिकाको गत असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमअनुसार एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिस्वरुप जनही रु ५५ हजार ५५५ र पिएचडी अध्ययन गर्ने विद्यार्थीलाई जनही रु एक लाख ११ हजार १११ प्रदान गर्ने निर्णय गरेको थियो । उच्च शिक्षा हासिल गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले यसै वर्षबाट छात्रवृत्तिका कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताउनुभयो । 

पिएचडी र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ । यस्तै गाउँपालिकाले चालु आर्थिक वर्ष सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा शिक्षक छनोट समितिमार्फत राहत र करार दरबन्दीका १२ शिक्षक छनोट गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माणको प्रक्रियासमेत अगाडि बढाएको छ । यस्तै विनियोजित योजना तथा कार्यक्रमबाट विभिन्न विद्यालयमा बालमैत्री कक्षाकोठा निर्माण, भित्तेलेखन, फर्निचर निर्माण, सिँढी तथा पर्खाल निर्माण, कम्पाउण्ड तथा घेराबारा, खेलमैदान निर्माण, कक्षाकोठा तथा भवन मर्मतका काम भइरहेको गाउँपालिकाले जनाएको छ । 

यसैबीच खोटेहाङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७÷७८ को वित्तीय प्रगति ४० प्रतिशत नाघेको छ । यस आवका लागि नेपाल सरकार तथा दातृ निकायबाट प्राप्त अनुदान तथा आन्तरिक आम्दानीबाट भएको कूल आयमध्ये ४०.१२ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।

सङ्घीय तथा प्रदेश सरकार र विभिन्न दातृ निकायबाट प्राप्त हुने अनुदान तथा गाउँपालिकाको आन्तरिक आम्दानी गरी रु ५४ करोड ८१ लाख १८ हजार ४३ आय अनुमान गरिएकामा हालसम्म रु ३१ करोड ५९ लाख ७१ हजार ३६२ भएको जनाइएको छ ।  गाउँपालिकाको यो वित्तीय प्रगति विवरणमा सामाजिक सुरक्षा भत्ता, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, गरिबसँग विश्वेश्वर कार्यक्रम, साना सिँचाइ आयोजना र बहुक्षेत्रीय पोषण कार्यक्रमको बजेट समावेश नगरिएको गाउँपालिका प्रमुख राईले बताउनुभएको छ ।  

गाउँपालिकाको चौथो वार्षिकोत्सवमा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमा चालू आर्थिक वर्ष पूर्वाधार क्षेत्रअन्तर्गत ७ वटा पालिकास्तरीय सडक निर्माण तथा मर्मतका लागि रु एक करोड १८ लाख र ४० वटा वडास्तरीय सडक निर्माण तथा मर्मतका लागि रु एक करोड ६६ लाख ५० हजार विनियोजन गरिएको थियो । गाउँपालिकालाई चालु आवभित्रै पूर्ण उज्यालो पालिका बनाउने लक्ष्य राखिएको छ । 

गाउँपालिकाको आफ्नै प्रशासनिक भवन तथा नौवटै वडामा वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिएको छ । गाउँपालिकाका अनुसार न्यायिक कार्यलाई सहज, सरल र व्यवस्थित गर्ने उद्देश्यले गाउँपालिकाको प्रशासनिक भवनमा ठेक्का प्रक्रियाबाट न्यायिक समितिको सचिवालय हल निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई