२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एण्टिजेन किट खरिद गर्न दक्षिण कोरियाबाट सहयोग

७ जेष्ठ २०७८, शुक्रबार १५:०६

जेठ ७, पाँचथर | पाँचथरको हिलिहाङ गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका युवाहरुले गाउँपालिकाभित्रका नागरिकमा कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि रु. एक लाख ५० हजार रकम सङ्कलन गरेका छन् । 

गाउँपालिकाभित्र समुदायस्तरमा सङ्क्रमण बढ्दै गएको अवस्थामा समुदायस्तरमा परीक्षणको दायरा बढाउन किट खरिदमा गाउँपालिकालाई सहयोग पुर्याउन उनीहरुले रकम सङ्कलन गरी पठाएका हुन् । सङ्कलित रकम केही समयअघि मात्रै दक्षिण कोरियाबाट फर्कनुभएका हिलिहाङ–५ का डम्बर सुहाङले आज प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनको उपस्थितिमा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेलाई हस्तान्तरण गर्नुभएको छ । 

समुदायस्तरमा सङ्क्रमण फैलँदै गएको अवस्थामा किट खरिद गरी चाँडो परीक्षण गरी महामारी नियन्त्रण गर्न सङ्कलित रकमले सहयोग पुग्ने उनीहरुको विश्वास छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ