२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमण भएपछि के गर्ने ?

१७ जेष्ठ २०७८, सोमबार ०२:४१

जेठ १७, काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर पनि बढ्दै जानु सन्तोषको कुरा भएको भन्दै उनीहरूले रोग लाग्नै नदिन र निको हुने दरलाई थप बढाउन अझ उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।

संयुक्त अधिराज्य (बेलायत)को डार्टफोर्डस्थित डारेन्ट भ्याली अस्पतालमा १५ वर्षदेखि श्वासप्रश्वास विशेषज्ञका रूपमा कार्यरत डा. सुधिर लोहनी नेपाली चिकित्सकहरूको प्रतिनिधि हन् । उनी भन्छन्, “पहिलो त जहाँसुकै पनि सङ्क्रमण हुनै नदिने वातावरण बनाउनुपर्छ । \

सङ्क्रमित भइहालियो भने डराउनु भएन । हल्का लक्षण देखिएकाहरू अस्पताल जानै पर्दैन । सन्तुलित आहार, प्रशस्त झोलिलो कुरा र शरीरलाई चलायमान राख्न सकियो भने कोरोना निश्चित अवधिपछि आफैँ हराएर जान्छ ।

सन्चो छैन भनेर सुतेर बस्यो भने झन् गलाउँछ । त्यसैले श्वासप्रश्वाससम्बन्धी अभ्याससँगै कोठाभित्रै, भ–याङ वा बगैँचामा हिँड्डुल र कसरत अनिवार्य गर्नुपर्छ ।” उनका अनुसार शरीर चलायमान नहुँदा शरीर कमजोर भएर जटिलता आउने सम्भावना रहन्छ । सक्रिय नहुँदा निमोनिया हुने, रगत जम्नेजस्ता समस्या हुन सक्छन् । सामान्य लक्षण भएकाले खासै औषधि लिनुपर्दैन तर खोकी छ भने मह उपयोगी हुन सक्छ ।

कुनै पनि भाइरसको एउटा निश्चित समय हुन्छ, त्यसपछि उसको सक्रियता रहँदैन र यो रुघाखोकी जस्तै । तर, कहिलेकाहीँ सङ्क्रमणको तह बढी हुँदा शरीरलाई कमजोर बनाउने, मांशपेसी, छाती दुख्ने, बेहोस हुने, ज्वरो नियन्त्रण नहुने र श्वास फेर्नसमेत कठिन हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार अगाडि बढनुपर्ने चिकित्सको सुझाव छ । डा. लोहनी भन्छन्, “तथ्यले ८० प्रतिशत मानिसलाई हल्का लक्षण देखाएको र ४० प्रतिशतले थाहा नपाएको स्थिति छ । त्यसैले आत्तिनुहुँदैन ।”

कोरोना लागिसकेका २५/३० प्रतिशत बिरामीलाई दीर्घकालीन असर देखिएको छ । विशेषगरी फोक्सोमा असर हुनाले श्वासप्रश्वासमा समस्या आउनुका साथै शरीर कमजोर हुने, थाक्ने, नसासम्बन्धी समस्या हुने र छाती दुख्ने समस्या पछिसम्म रहेको पाइएको छ । त्यसैले कोरोना पुनस्र्थापना केन्द्र बनाउन जरुरी छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ