2026-09-12 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

फौजी किराको प्रकोपले पाँचथरका किसान मारमा

कमल घिमिरे /जेष्ठ २६।पाँचथर,पाँचथर का किसानहरु यति बेला अमेरिकी फौजि किराले गर्दा मारमा परेका छन्। पाँचथरको  मुख्य खाद्यन्न रहेको मकै  बालीमा देखिएको फौजि किराको कारण  पाँचथरका किसानहरु चिन्तित बनेका छन्। 

गोड्ने बेला भएको मकैमा किराले आक्रमण गरेको र मकै मर्न थालेपछि के गर्ने भन्ने चिन्ता बढेको हो। 

तीन बर्ष अगाडी भारत बाट नेपाल भित्रिएको अमेरिकी फौजी किराले गत साल भन्दा यो साल पाँचथरमा धेरै असर गरेको छ । 

फौजी किराको विषादी विभिन्न गाउँपालिका र कृषकहरुलाई वितरण गरिरहेको र जिल्लाका विभिन्न स्थानमा गई अनुगमन पनि गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर बिष्टले जानकारी दिनुभयो ।

विषादी वितरण भएपनि लकडाउनका कारण कृषकहरुले विषादी लिन जान नपाएको  साथै कतिपय कृषकलाई विषादी कहाँ पाइन्छ भन्ने पनि जानकारी नभएको कृषकको भनाइ छ । यो महामारीको समयमा मुख्य बाली रहेको मकै  नै फौजी किराले नष्ट गर्दा अब के खाने भन्ने चिन्ता बढेको फिदिम १२ का कृषक राम दुलालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग