२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गण्डकी सरकारले बनायो मनाङका सरकारी कार्यालयलाई उज्यालो

२०७८, २८ असार सोमबार ०४:२८

असार २८, मनाङ (रासस)। बाढी पहिराको जोखिममा जीवनयापन गर्न बाध्य हिमाली जिल्ला मनाङमा उज्यालो छाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्री जडान कार्य भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले खरिद गरी पठाइएको सोलार जडान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालयलगायतका सरकारी कार्यालयमा सोलार जडान भइरहेको छ । 

पीडामा परेको जिल्लामा हरेक विषयको अद्यावधिक हुनका लागि पनि सोलार जडान गरी सेवा र सूचना प्रवाहलाई प्रभावकारी बनाउन सोलार, इन्भर्टर र ब्याट्री पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको हो । करिब रु १९ लाखको सामान खरिद गरेर हेलिकोप्टरमार्फत चामे पठाइएको थियो । 

सामान ढुवानीका लागि लागेको रु चार लाख ३१ हजार गण्डकी सरकारले नै बेहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामग्री पठाइएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । सामान खरिद गरेर लमजुङ सदरमुकाम बेँसीशहरमा पुर्याइएको र शुक्रबार मनाङको सदरमुकाम चामे पुर्याई शनिबार जडान भइरहेको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताउनुभयो । 

बाढीपहिराका कारण स्थानीयस्तरका लघु जलविद्युत् योजनामा क्षति पुगेकाले मनसुन शुरु भएसँगै मनाङ अन्धकारमा रहेको छ । विभिन्न स्थानका राष्ट्रिय प्रसारण लाइनमा जोडिएको पोल ढलेका कारण सदरमुकाम चामेसहित अन्य गाउँमा बिजुली बल्न सकेको छैन । असार मसान्तमा सम्पादन गर्ने काममा समेत बिजुली नभएकै कारण प्रभावित भएको अवस्थामा गण्डकी सरकारले सोलार सहयोग गरेर सहजता कायम गराएको प्रजिअ लामिछानेले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय मनाङले तोकेको प्राथमिकताका आधारमा सोलार सरकारी कार्यालयमा जडान गरिएको छ । मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा यही असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको हो । विद्युतीय भुक्तानी र कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाहसमेत प्रभावित भएको थियो । स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बिजुली नहुँदा कोभिडविरुद्धको खोप बचाउनै मुस्किल भएको बताउनुभयो । “यहाँका मौसमले गर्दा बचाउन अलि सजिलो भएको छ, शनिबार आइतबारदेखि सोलार जडान भएको छ, अब ढुक्क भएका छौँ”, आचार्यले भन्नुभयो । अनुकूल मिलाएर पोखरादेखि आइस ब्याग मगाएर खोप जोगाएको समेत उहाँले जानकारी दिनुभयो । जेनेरेटर प्रयोग गर्न पनि इन्धनको अभाव, दिनभरि घाम नलाग्ने हुँदा पनि खोप बिग्रन्छ कि भन्ने डर रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ