2026-10-03 08:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५२ अङ्कले घटेर दुई हजार ६३१ दशमलव १७ को बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको एक करोड आठ लाख ७३ हजार ३७२ कित्ता शेयर ६७ हजार ४८५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा वित्त समूह एक दशमलव ५९, होटल तथा पर्यटन शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन शून्य दशमलव २४ र म्युचुअल फण्ड उपसमूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७५, विकास बैंक शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ५१, जीवन बिमा एक दशमलव १८, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३२ र अन्य समूह शून्य दशमलव ५१ प्रतिशतले घटेको छ ।

सागर डिस्टिलरी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलगायत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य दुई दशमलव ८५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको रु १८ करोड ४९ लाख ७६ हजार ७६९ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको तीन लाख ६४ हजार ४०६ कित्ता किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने