१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक वर्षमा डेढ खर्ब लगानीका उद्योग दर्ता, घट्यो विदेशी लगानी प्रतिबद्धता

१० श्रावण २०७८, आईतवार ०७:१२

साउन १०, काठमाडौँ । नेपालमा एक वर्षका अवधिमा रु डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा रु एक खर्ब ५६ अर्ब ६४ लाखको लगानीमा विभिन्न छ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।

कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा रु पाँच अर्ब ३४ करोड ८० लाख, ३० ऊर्जामूलक उद्योगमा रु एक खर्ब ९ अर्ब ९७ करोड ४० लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ उद्योगमा रु ८० करोड लगानी रहेको छ ।

यस्तै, पूर्वाधारका दुई उद्योगमा रु एक अर्ब ७३ करोड ८० लाख, उत्पादनमूलक ७० उद्योगमा रु १९ अर्ब ५२ करोड ४० लाख, खनिज क्षेत्रको एक उद्योगमा रु १२ करोड ३० लाख, सेवामूलक ३३ उद्योगमा रु पाँच अर्ब ६४ करोड पाँच लाख र पर्यटनसँग सम्बन्धित ४० उद्योगमा रु १३ अर्ब ४८ करोड ५ लाख लगानी छ ।

घट्यो उद्योग दर्ता

कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको सङ्ख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिल्लो आवमा मा रु एक खर्ब ५२ अर्ब ६२ करोडभन्दा  बढीको लगानीमा २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा ७४ ले उद्योग दर्तामा कमी आएको हो ।

घट्यो विदेशी लगानी प्रतिबद्धता

कोरोना माहामारीकै कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीको प्रतिबद्धतामा कमी आएको छ । गत आवमा लगानी रकमसँगै उद्योेगको सङ्ख्यामासमेत कमी आएको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा ४० उद्योग कमी हुनाका साथै रु पाँच अर्ब ७८ करोड बराबरकको लगानी लगानी घटेको हो। अघिल्लो आवमा २२३ उद्योगका लागि रु ३७ अर्ब ८० करोड बराबरको लगानी प्रतिबद्धता आएकामा गत आवमा १८३ उद्योगका लागि रु ३२ अर्ब दुई करोड बराबरको मात्र प्रतिबद्धता आएको विभागले जनाएको छ ।

कुन उद्योगमा कति प्रतिबद्धता 

गत आर्थिक वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै उद्योगमा  लगानीको  प्रतिबद्धता आएको छ ।  यसक्षेत्रमा १०१ उद्योगका लागि रु १८ अर्ब ३१ करोड बराबरको प्रतिबद्धता आएकोे हो ।

यस्तै, कृषि क्षेत्रमा तीन उद्योगका लागि रु ५२ करोड ९० लाख, ऊर्जामा चार उद्योगका लागि रु एक अर्ब ५४ करोड, सूचना प्रविधिसँग सम्बन्धित १५ उद्योगका लागि रु दुई अर्ब ९५ करोड, १९उत्पादनमूलक उद्योगका लागि रु दुई अर्ब ८६ करोड र ४१ सेवामूलक उद्योगका लागि रु पाँच अर्ब ९८ करोड बराबरको प्रतिबद्धता आएको हो ।

उक्त लगानी प्रतिबद्धतासँगै पाँच हजार ८३३ जनालाई रोजगारी दिइने भएको छ । नयाँ व्यवस्थानुसार रु पाँच करोडभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन । न्यूनतम रु पाँच करोडभन्दा माथि तोकिएका प्रतिबद्धता रकममा वृद्धि भएपनि उद्योगको सङ्ख्यामा भने कमी आएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह