२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

सुदूरपश्चिम प्रदेशमा नमूना परीक्षण गरिएका १५ प्रतिशतमा कोरोना सङ्क्रमण

२०७८, ६ भाद्र आईतवार ०८:५०

भदौ ६, सुदूरपश्चिम (रासस) । कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र पिसिआर पद्धतिबाट तीन लाख पाँच हजार ८५७ को नमूना परीक्षण भइसकेको छ ।

नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशमा कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १५ प्रतिशत हो । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार सङ्क्रमितमध्ये ४५ हजार २१६ उपचारपछि घर फर्किएका छन् । निको हुने यो सङ्ख्या सङ्क्रमितको झण्डै ९८ प्रतिशत हो । 

एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि हुनेमध्ये आठ हजार ७८० र पिसिआर परीक्षणवाट सङ्क्रमित हुनेमध्ये ३६ हजार ४३६ उपचार व्यवस्थापनपछि घर फर्किएका हुन् । अहिलेसम्म पिसिआर पद्धतिबाट नमूना परीक्षण गर्दा ३६ हजार ७९८ र एन्टिजेन परीक्षणबाट नौ हजार १६३ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

केरोनाबाट हालसम्म ५८० व्यक्तिको मृत्यु भएको छ । प्रदेशका नौ जिल्लामध्ये पहाडी क्षेत्रका जिल्लाको तुलनामा तराईका जिल्ला कैलाली र कञ्चनपुर सङ्क्रमणबाट बढी प्रभावित भइरहेका छन् । पछिल्लो दुई हप्तायता प्रदेशमा ५६४ नयाँ सङ्क्रमित थपिँदा ४९५ जना उपचारपछि घर फर्किएका छन् । दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । तथ्याङ्कमा यस अवधिमा सक्रिय सङ्क्रमित भने घटेको देखिएको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमित बिरामी ४०८ जना छन् । दुई हप्ताअघि यो सङ्ख्या ५०२ थियो ।

पछिल्लो २४ घण्टामा ९६९ को नमूना परीक्षण हुँदा १५ मा सङ्क्रमण देखिएको छ । यस अवधिमा उपचारपछि ४६ जना डिस्चार्ज भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गत वैशाख, जेठमा यो रोगको सङ्क्रमण र मृत्युदर उच्च थियो । असार सुरु भएसँगै केही घटेको थियो । हाल नमूना परीक्षण गराउन आउनेको सङ्ख्या पनि कम हुँदै गएको छ ।

तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । रोगको रोकथामका लागि गत वैशाखदेखि जारी निषेधाज्ञा हाल खुकुलो पारिएसँगै बढेको सर्वसाधारणको चहलपहलले रोग फैलिने जोखिम यथावत रहेको स्वास्थ्यकर्मी बताउँछन् । कैलालीसहितका जिल्लामा हाल निषेधाज्ञा खुकुलो पारिएको छ ।

सर्वसाधारणबाट तोकिएअनुसार मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी कमजोरी देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै