१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये शिवसताक्षी नगरपालिका पहिलो नम्बरमा

७ भाद्र २०७८, सोमबार ०५:०७

मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये शिवसताक्षी नगरपालिका पहिलो नम्बरमा 

भदौ ७,  झापा (रासस) । आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नेमा झापाका दुई पालिका उत्कृष्ट भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार शिवसताक्षी नगरपालिका मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये पहिलो भएको छ भने कमल गाउँपालिका चौथो भएको छ । प्रतिवेदनमा शिवसताक्षीको गत आर्थिक वर्ष ०७७/०७८ मा रु एक अर्ब ९० करोड ५३ लाख ६८ हजारको लेखा परीक्षण गरिएको थियो । यसमध्ये ०.०६ प्रतिशत बेरुजु अर्थात रु. ११ लाख ७७ हजार मात्र बेरुजु देखाएको हो ।

नगरपालिकाको लेखा शाखामा चालु आवमा निर्माण सम्पन्न भएका योजनाका ठेकेदार र निर्माण उपभोक्ता समितिका पदाधिकारले आवश्यक कागजात समयमै नल्याएका कारण केही रकम बेरुजु देखिएको प्रमुख लेखा अधिकृत प्रकाश योङहाङले बताउनुभयो । 

त्यसैगरी, मुलुकका ७५३ पालिकामध्ये कमल गाउँपालिकाको ०.०८ प्रतिशत मात्र बेरुजु देखिएको छ । सबैभन्दा कम बेरुजु गर्ने मुलुक भरकै १० पालिकामध्ये कमल गाँउपालिका चौथो नम्बरमा परेको छ । जिल्लाका १५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु बढी देखिएको पालिकामा कचनकवल गाउँपालिका रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । कचनकवलको कूल लेखा परीक्षण रकम रु एक अर्ब १९ करोड ४३ लाख ९५ हजारको ६.०६ प्रतिशत रकम अर्थात रु सात करोड २३ लाख २१ हजार बेरुजु देखिएको छ । गौरीगञ्ज गाउँपालिकाको बेरुजु रकम रु एक करोड १५ लाख ६ हजार बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको कूल रकम रु.९९ करोड ४३ लाख एक हजारको १.१६ प्रतिशत रकम बेरुजु देखिएको हो ।

यसैगरी, मेची नगरपालिकाको बेरूजु प्रतिशत २.२७ प्रतिशत, भद्रपुर नगरपालिकाको ४.२३ प्रतिशत, दमक नगरपालिकाको १.०९ प्रतिशत, कनकाईको १.३४ प्रतिशत, अर्जुनधाराको २.९० प्रतिशत, गौरादहको १.४६ प्रतिशत, झापाको ०.६० प्रतिशत, हल्दीबारीको २.५९ प्रतिशत, बाह्रदशीको १.६६ प्रतिशत, बुद्धशान्तिको २.२० प्रतिशत रहेको छ ।

महालेखाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानूनबमोजिम प्रक्रिया नपुर्याई कारोवार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोवार गरेको खण्डमा गरिएको कारोवारलाई बेरुजु देखाउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै