२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोल भाडा नतिर्ने भायनेट र फर्स्ट लिंकको लाइन काटियो

२०७८, १७ आश्विन आईतवार १५:१७

असोज १७, उदयपुर | नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै पोल भाडा नतिर्ने इन्टरनेट तथा केवल सेवा प्रदायकको लाइन काट्न थालेको छ । प्राधिकरणले पोल भाडाको पुरानो बक्यौता र बढेको नयाँ भाडादर नतिर्ने इन्टरनेट तथा केवल सेवा प्रदायक दुईवटा कम्पनीको तार काटेको छ ।

प्राधिकरणले पोलको भाडा नतिरेको भन्दै उदयपुरमा भायनेट र फर्स्ट लिंकको तार काटिएको हो । प्राधिकरणले तार काटेसँगै ३३० घर परिवार प्रत्यक्ष प्रभावित बनेका छन् । उयदपुरमा पोलको भाडा नर्तिनेहरूको धमाधम तार काट्न थालिएको हो ।

त्रियुगा नगरपालिका १० र १५ वडाको सिमलटार, रानीबास, फोक्सिनटारसम्म जडान गरिएको भायनेट र त्रियुगा नगरपालिका ७ र ८ को नमुना चोक, भाण्टाबारी, चुहाडे र गुण्टे टोलसम्मको तार काटिएको नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका इन्जिनियर सत्यनारायण साहले जानकारी दिए ।

अहिले दुईवटाको मात्र तार काटिएको र अन्य भने भाडा तिर्ने सम्झौतामा धमाधम आउने क्रममा रहेको इन्जिनियर साहले बताए ।

प्राधिकरणले विभिन्न मितिमा सार्वजनिक सूचना निकालेर १५ असोजसम्म केवल र इन्टरनेटवालाहरूलाई पोल भाडा तिर्न निर्देशन दिएको थियो । प्राधिकरणको पटक पटकको निर्देशनको अवज्ञा गर्ने तथा पोल भाडा नबुझाउने केवल टीभी र इन्टरनेटको तार काटिएको उदयपुर वितरण केन्द्रका प्रमुख पंकजकुमार गोइतले बताए ।

'विद्युत् प्राधिकरणको संरचना प्रयोग गरिरहेका केवल टेलिभिजन र इन्टरनेटलाई पुरानो बक्यौता बुझाउन बारम्बार पत्राचार गरेका छौँ’, शाखा प्रमुख गोइतले भने, ‘प्राधिकरणको केन्द्रीय नीतिअनुसार भाडा बुझाउन पत्राचार गर्दा केवल र इन्टरनेटवालाहरूले अहिलेसम्म आलटाल गरेकाले बाध्य भएर तार काटिएको हो ।'

विद्युत् प्राधिकरण गाईघाटका अनुसार केवल टीभी र इन्टरनेट सेवा प्रदायकहरूले पाँच वर्षदेखि भाडा तिर्न नआएको अभिलेख छ ।

जिल्लामा सबैभन्दा ठूलो इन्टरनेटको नेटवर्क रहेको टेकमाइन्ड नेटवर्कले एक पैसा पनि भाडा तिरेको छैन । वडा कार्यालय र विद्यालयलाई इन्टरनेट सेवा दिनका लागि सरकारबाट मोटो रकम लिएको टेकमाइन्डले पोल भाडा बुझाउन प्राधिकरणलाई अटेर गरेको छ । प्राधिकरणले विगत वर्षहरूमा पोलको दरले भाडा उठाउने गरेकामा अहिले दूरीको आधारमा भाडा लिने भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण