२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलाममा बन्यो सिटीमार्ट

२१ आश्विन २०७८, बिहीबार ११:३०

असोज २१, काठमाडौँ, न्युज कारखाना। इलाम नगरपालिकाले सार्वजानिक निजी साझेदारीको ऐन बनाएपछि नगरपालिका र निजी क्षेत्रको लगानीमा इलाममा व्यावसायिक भवन इलाम सिटीमार्ट निर्माण भएको छ ।  सिटीमार्टको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले बिहीबार संयुक्त रूपमा उद्घाटना गरेका छन् । 

निजी क्षेत्रको तीन करोड आठ लाख ९१ हजार चार सय ४० रुपैयाँ, इलाम नगरपालिकाको आठ करोड ३५ लाख ९२ हजार छ सय ५० रुपैयाँ र प्रदेश सरकारको सशर्त अनुदानको ४० लाख रुपैयाँ गरी १२ करोड १९ लाख ५४ हजार दुई सय ३७ रुपैयाँको लागतमा सिटीमार्ट निर्माण भएको हो । 

सात सय ७१ दशमलव २७ वर्गमिटर क्षेत्रफलमा चारतले व्यावसायिक भवन निर्माण भएको छ । भवनमा पसल सञ्चालनको लागि ९६ वटा सटर बनाइएको छ । भवनमा तीन सय ३० जना क्षमताको एउटा पार्टी प्यालेस र एक सय २० क्षमताको एउटा रेस्टुरेन्टसमेत बनाइएको छ । मुख्य भवनअघि दुईवटा ब्लकमा पाँचवटा सटरसमेत निर्माण गरिएको छ । 

त्यस्तै, छुट्टै मासु पसलसमेत बनाइएको छ ।  आयोजना अन्तर्गत नै मोटरसाइकल पार्किङ भवनमाथि एउटा रेस्टुुरेन्टसमेत निर्माण गरिएको इलाम नगरपालिकाका इञ्जिनियर दीपक गुरागाईंले जानकारी दिए । सिटीमार्टमा दुईवटा लिफ्टसमेत जडान गरिएको छ । 

भवनको माथिल्लो तलामा बनाइएको रेस्टुरेन्ट, पार्टी प्यालेस ७६ वटा पसल भाडामा लागिसकेको छ । त्यसबाट मासिक ६ लाख ७४ हजार तीन सय २९ रुपैयाँ मासिक भाडा संकलन हुन थालेको छ । 

दोस्रो तलामा रहेका २० वटा सटर भाडा लाग्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । अहिले भइरहेको आम्दानीले सिटीमार्ट र अन्य सटरहरूमा गरिएको लगानी बराबरको रकम फिर्ता हुन २० वर्ष लाग्छ ।  नगरपालिकाले मात्रै गरेको लगानी भने दश वर्षभित्रमा फिर्ता हुन्छ । तर, २० वटा सटर भाडामा लाग्दा त्योभन्दा पहिले नै लगानी फिर्ता भइसक्ने इञ्जिनियर गुुरागाईंले बताए । 

इलाम नगरपालिकाको आह्वान बमोजिम व्यवसायीहरूले एक लाख ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म लगानी साझेदारी गरेका छन् । लगानी साझेदारी गरेका व्यवसायीहरूले चार हजार पाँच सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म मासिक भाडा तिर्ने कबुल गरेका छन् । 

सिटीमार्टमा लगानी गरेका कतिपयले लगानी फिर्तासमेत माग गरेका छन् । लगानी फिर्ता गर्न चाहेका व्यवसायीले गरेको कोठा भाडा मागिसकेको छैन । भाडा नलागेका सटरहरूलाई भाडामा लगाउन नगरपालिकाले प्रक्रिया सुुरु गरिसकेको छ । नगरपालिकाको सटरमा व्यवसाय गर्नेलाई निषेधाज्ञा र लकडाउनको अवधिको भाडामा ४० प्रतिशत मिनाह गर्ने भएको छ । 

इलाम नगरपालिका प्रमुख महेश बस्नेतले इलाममा लगानी प्रवद्र्धन गर्ने नीतिअनुसार सार्वजानिक निजी साझेदारीमा सिटीमार्ट निर्माण भएको बताए । ‘हामीले सार्वजनिक निजी साझेदारीको ऐन नै बनाएर काम थालेका हौ’, उनले भने, ‘संघमा पनि सार्वजनिक निजी साझेदारीको नीति मात्र छ, कानुन बनेको छैन । हामीले लगानीलाई कानुनी रूपमा संरक्षित गर्नुपर्छ भनेर ऐन बनाएका हौँ ।’ प्रमुख बस्नेतले सार्वजनिक निजी साझेदारी कानुन बनाउने इलाम पहिलो नगरपालिका भएको दावी गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य