तीर्थ सिग्देल । किताब लेख्नु पर्ने भएपछि धेरै पढ्नुपर्ने हुन्छ । हनत त्यसै पनि नपढि रहन को सक्छ र ? पढ्न भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तीर्थ सिग्देल । किताब लेख्नु पर्ने भएपछि धेरै पढ्नुपर्ने हुन्छ । हनत त्यसै पनि नपढि रहन को सक्छ र ? पढ्न भन"/>
२०८३, १२ जेष्ठ मंगलवार
काठमाडौँ - KTM

आन्दोलनका कथाहरु

२०७३, २ भाद्र बिहीबार ०४:०६

तीर्थ सिग्देल । किताब लेख्नु पर्ने भएपछि धेरै पढ्नुपर्ने हुन्छ । हनत त्यसै पनि नपढि रहन को सक्छ र ? पढ्न भनेपछि ध्यान दिएर पढ्नु पर्ने । भखैरै बजारमा आएका पुस्तक पढ्नुको मजा नै बेग्लै हुन्छ । २०७३ साल लागे पछि मेरो ध्यान लेखनी तर्फ मोडियो, जव मैलै मेरा आखा, कान र मुख कितावतिर लगाएं । अरु केही सोच्न भ्याएको छैन । 

यस अवधिमा मैले नयां र पुराना किताब पढें । जसले मलाई लेख्न प्रेरित गरोस भनेर । मेरा लागि किताब केवल मनोरन्जन मात्र थिएन । म मनोरन्जनका लागि मात्र किताब पढ्ने मान्यता राख्दिन । किताब एउटा दस्ताबेज हो । समाज बुझ्ने ऐना हो । किताब समाजको बदलिदो चरित्रको अनुभब हो, अनुभुती हो । इतिहास र बर्तमानको तुलना हो । समानता र असमानताबीचको खाडल पुर्ने माध्यम हो । समग्रमा समाज बुझ्ने उत्तम उपाय हो । 

राजनीतिशास्त्री हरी शर्माको भनाईलाई मैले जीवनभर आत्मसात गरेको छ । देश बुझ्न पहिले समाज बुझ्नु पर्छ । यो मैले सिकेको हो । हो, समाज बुझेपछि मात्र देश बुझिने रहेछ । बदलिदो सामाजिक संरचना,परिवेश र उतारचढाबलाई नजरअन्दाज गरियो भने के लेखक बन्न सकिएला र ? आखिर मानिस यही समाजको उपज न हो, जसले परिबेश झेलेको हुन्छ । नियम बनाएको हुन्छ । कानून बनाएको हुन्छ । र, उ पनि त्यही परिबेशको जालोमा बांधिएको हुन्छ । 

किताबको सूची लामै बन्छ । लेख्नलाई पढ्नुपर्छ, पढेर लेख्नुपर्छ । दुबै परिपुरक हुन्छ, अन्तरसम्बन्धित हुन्छ । आजकल अर्काले लेखेको पढ्ने प्रचलन हराउदै गयो । आफु भलो त जगतै भलो भन्ने उखान जस्तै छ परिबेश । लेखक भनेपछि त झन् छोईनसक्नका । अरुलाइै मान्छे नै नगन्ने । अरुले लेखेको पढ्दै नपढ्ने । अनी कसरी राम्रो लेख्न सकिन्छ ? 

मैले परिकल्पना गरेको,देखेको र लेखेको परिबेश झापा र त्यस वरपरको हो । 

अझ भनौ २००७, २०२८, २०४६, २०६२ का बिभिन्न परिबेश, आन्दोलनहरु, संघर्षका कथा र मेरो अनुभव यो कितावका बिषयबस्तु हुन । एउटा पत्रकार भएपछि सिधा रिर्पोट बनाउनु मात्र जिम्मेबारी हुदैन । समाजमा यस्ता बिषयहरु छन् , जसलाई फगत एउटा हार्ड न्यूजमा मात्र चित्त बुझाउन सकिदैन । त्यसलाई मसिनो गरी केलाउने हो भने किताबै लेख्न सकिन्छ । मैले त्यो गरें ।

हरेक मान्छेका कथा, ब्यथा हुन्छन् । भावना हुन्छ । बितृष्णा हुन्छ । तृष्णा हुन्छ । चाहना हुन्छ । रहर हुन्छ । पीडा र त्यसमाथिको अनुभुती हुन्छ । द्धन्द्धकाल मेरो लेखनीको बिषय बनाएं मैले । मार्नु र मर्नु सामान्य खेल साबित भयो द्धन्द्धकाल । १० बर्षै युद्धकालमा मर्ने पनि मारिए , मर्नु नपर्ने पनि मारिए । 

अत्यन्त पीडादायी क्षण थियो त्यो समय । कसले दुख पाएन त्यो बेलामा ? कती मान्छे बेपत्ता भए ? कति घरबार बिहीन भए । आज कसालाई कुरा गर्ने फुर्सद छ उनीहरुको ? कसलाई सम्झने समय छ उनीहरुलाई ? मैले तीनै पहिचान हराएका मान्छेहरु र तीनै युद्धका संचालकहरु जसले त्यो कालखण्डलाई आफ्नो बशमा राख्न खोजे उनीहरुको चरित्रलाई उजागर गरेको छु । तीनै युद्धमा पिल्सिएका मान्छेहरु ,मुलुक बनाउने जसले सपना देखे । तीनै पीडितहरु जसले आफ्नै आंखाले मृत्युलाई देखे र जीवनलाई मर्नु र बांच्नुको दोसांधमा बिताए ।    

मैले यसो सम्झें, खोई यस्ता बिषयमा कसको कलम चलेको छ ? लेखेर मात्र नाम कमाउने लेखकको माझमा बाँच्न कठिन छ । फेरि बिभिन्न बाद र सिद्धान्तमाझ लेखनीलाई अगाडि बढाउनु निक्कै कठिन काम हो । तरपनि मैले त्यसलाई चिरें । आउन सक्ने आरोप र आक्षेपलाई मैले सहने र प्रतिबाद नगर्ने निर्णय लिएं । किनभने स्वैरकल्पनामा आधारित भएर लेख्न जति सजिलो छ , उति नै यर्थाथतामा आधारित भएर लेख्न गाहे रहेछ । हुनत आजभोलि त्यस्तो स्वैरकल्पनामा आधारित भएर लेख्ने परम्पराको अन्त्य हुदै गएको छ । 

नयां पुस्ताका लेखकको आगमनसंगै यथार्यतामा आधारित लेखनको अभ्यास बढ्दैछ । पुस्तकको परिबेश यसरी बग्छ, जहां पूर्वको इतिहास, राजनीति, संस्कृतिदेखि ०२८ सालको झापा बिद्रोह र त्यसका नायकहरुको चिनारीले पुस्तकलाई बोकेको छ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने