2026-06-20 09:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड नियन्त्रणका उपाय नचाल्ने ब्राजिलका राष्ट्रपतिबिरुद्ध लाग्न सक्छ आपराधिक मुद्दा

असोज ३१, रियो दि जेनेरियो | एजेन्सी | कोभिड महामारी बेवास्ता गरेको र संक्रमण नजर अन्दाज गर्ने ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोबिरुद्ध ११ ओटा आपराधिक मुद्दा दायर हुन सक्ने एक सिनेटरले बताएका छन् । कोभिड महामारीबारे हल्का टिप्पणी गर्ने र रोकथाम तथा नियन्त्रणको उपाय नचाल्ने राष्ट्रपतिबिरुद्ध विभिन्न अयिोगमा मुद्दा चलाउन सकिने सिनेटर रेनान कालहेरोसले बताएका हुन् । रेनान कोभिड महामारीबाट देशमा भएको ठूलो जनधनको क्षतिबारे अनुसन्धान गर्न गठित समितिका प्रमुख हुन् । 

एउटा रेडियो अन्तर्वार्तामा रेनानले छानबिनले देशको जनजातिको वंश विनाश, सार्वजनिक कोषको प्रयोगमा अनियमितता, सरसफाई मापदण्डको उल्लंघन, अपराध गर्न दुरुत्साहन र फर्जी कागजातजस्ता अभियोगमा राष्ट्रपतिबिरुद्ध मुद्दा दायर गर्न सकिने बताए ।

राष्ट्रपतिसँगै उनका छोरा र पूर्व स्वास्थ्य मन्त्री इडियुआर्डोबिरुद्ध पनि मुद्दा लगाउन सकिने समाचारमा जनाइएको छ । 

कोभिड महामारीबारे सरकारको लापरबाही गरेको र ठूलो क्षतिबारे गठित अनुसन्धान समितिले आफ्नो प्रतिवेदन मंगलबार सार्वजनिक गर्ने तयारी छ ।

बिहीबार महान्यायाधिवक्तासमक्ष प्रतिवेदन पेस गर्नुअघि राष्ट्रपति र अन्य व्यक्तिलाई अभियोग लगाउने वा नलगाउने भन्ने बारेमा बुधबार समितिका  सदस्यहरुले प्रतिवेदनमाथि मतदान गर्नेछन् ।

राष्ट्रपति बोल्सोनारोले कोभिडलाई प्रायः हल्का रुपमा टिप्पणी गर्दै आएका छन् । कोभिड कुनै रोग नभएको भन्दै उनले अहिलेसम्म खोप लगाउन मानेका छैनन् । कोभिडबाट ब्राजिलमा अहिलेसम्म ६ लाख मानिसको मृत्यु भइसकेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ