४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा कोराना संक्रमण तीब्र: दैनिक एक लाख संक्रमण पुग्ने सरकारी आँकलन

४ कार्तिक २०७८, बिहीबार ०२:३१

कात्तिक ४, लण्डन (एजेन्सी) । बेलायतमा पछिल्लो साता कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढेको छ । कोरोना संक्रमण बढेपछि बेलायत सरकारले प्रत्येक हप्ता 'र्‍यापिड टेष्ट' गर्न आग्रह गरेको छ ।

सरकारले दैनिक एक लाख भन्दा बढी कोरोना संक्रमित पुग्नसक्ने अनुमान गरेको छ । स्वास्थ्यमन्त्री साजिद जाविदले बुधबार साँझको एक पत्रकार सम्मेलनमा दैनिक संक्रमित संख्या एक लाखसम्म पुग्ने बताएका हुन् ।

विगत एक सातामा दैनिक संक्रमित संख्या ४० हजार भन्दामाथि रहँदै आएको बेलायतमा पछिल्लो २४ घन्टामा ४९ हजार १३९ जना संक्रमित थपिएको सरकारी अधिकारीले जनाएका छन् ।

कोराना संक्रमण जाडो महिनामा तीब्र गतिमा हुने अनुमान गर्दै सरकारले घरका झ्याल खुला राख्न र भीडभाडमा मास्कको प्रयोग गर्न अपिल गरेको छ ।

बेलायतमा कोरोनाका संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार नाघेको छ । कोरोना संक्रमणको दोस्रो लहर आउँदा गत जनवरी २० मा एकैदिन एक हजार ८२० जनाको मृत्यु भएको थियो ।

९ करोडमा संक्रमण, र ४ करोड ५३ लाखले लिए खोप

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९४ लाख २२ हजार ७५३ जना अर्थात ८५.९ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५३ लाख ७७ हजार ४११ जना अर्थात ७८.९ प्रतिशतले खोपको दुबै डोज लगाइसकेको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’