2026-06-20 09:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु

कात्तिक ५, जेनेभा | एजेन्सी | विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडबाट विश्वभरका स्वास्थ्यकर्मीहरु नराम्रोसँग प्रभावित भएको जनाएको छ । कोभिडबाट मात्र ८० हजार देखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको पनि उसले जनाएको छ । सन् २०२० को जनवरीदेखि यसै वर्षको मे महिनामा उनीहरुको मृत्यु भएको हो । 

‘स्वास्थ्यकर्मीलाई खोपमा प्राथमिकता दिनुपर्छ,’ डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रेससले भने । खोप वितरणमा देखिएको असमानताप्रति उनले असन्तुष्टि जनाए ।  

यसअघि डब्लूएचओका अर्का बरिष्ठ अधिकारीले खोप अभावमा अर्को वर्ष पनि विश्वमा कोभिड महामारी रहने चेतावनी दिएका थिए । 

विश्वभर १३ करोड ५० लाख स्वास्थ्यकर्मी  रहेको अनुमान छ । ‘हरेक पाँचमध्ये दुई स्वास्थ्यकर्मीले  पूर्ण खोप लगाएको ११९ देशमा संकलन गरिएको तथ्यांकले देखाएको छ ।, ’ डा. टेड्रोसले भने ।

तथ्यांकअनुसार अफ्रिकामा हरेक १० स्वास्थ्यकर्मीमध्ये मुश्किलले एक जनाले खोप लगाएका छन् जबकी उच्च आय भएका देशमा १० स्वास्थकर्मीमध्ये आठ जनाले खोप लगाएका छन् । 

खोप वितरणमा देखिएको असमानताका कारण स्वास्थ्यकर्मीको मृत्यु पनि महादेशअनुसार फरक फरक रहेको जनाइएको छ । 

अफ्रिकी महादेशमा ५ प्रतिशत भन्दा थोरै जनसंख्याले खोप लगाएका छन भने अन्य महादेशमा ४८ प्रतिशतले खोप लगाएका छन् । उच्च र मझौला आय भएका देशका धेरै मानिसमा खोपको पहँुच भएको डब्लूएचओको भनाई छ । 

विश्वभर लगाइएको कूल खोप परिणाममध्ये अफ्रिकामा जम्म २ दशमलब ६ प्रतिशतले लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ