२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मैले देखेको कतार’ सार्वजनिक

२०७८, १६ कार्तिक मंगलवार ०२:५५

कात्तिक १६, काठमाडौं | १५ वर्षे कतार बसाईँको अनुभव समेटिएको प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ ।

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले हरित गृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयको हातामा रहेको सभाहलमा पुस्तक सार्वजनिक गरे ।

उपराष्ट्रपति पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायत सम्बन्ध र नेपाली कामदारले कतारलाई समृद्ध बनाउन गरेको योगदानको चर्चा गरेको बताए । कतारबारे जान्न चाहनेलाई यो पुस्तक उपयोगी हुने उनको भनाइ छ । 


मुस्लिम आयोगका अध्यक्ष शमिम मिया अन्सारीले लेखक मिया कतारमा रहेका नेपाली श्रमिक तथा आम नेपालीका सुखदुःखका साथी भएको बताए । 

पुस्तकमा कतारमा रहेका नेपालीको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास र बिस्तृत परिचय नेपाल कतारबीच सम्भावना भएका दर्जनौं बिषय समेटिएको लेखक मियाँले बताए ।  

लेखकको यो ३७औँ कृति हो । कतारबारे मात्रै उनले १० वटा पुस्तक प्रकाशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ