३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व इतिहासमा आजः थाइल्यान्डमा कुदेखि हिटलरको हत्या प्रयास

२२ कार्तिक २०७८, सोमबार ०१:३२

आज ८ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

थाइल्यान्डमा कु

 थाइल्यान्डमा सरकारबिरुद्ध कु कुनै नौलो घटना होइन् । थाइल्यान्डको इतिहासमा सेनाको कु सामान्य जस्तै बनेको छ ।  सन् १९७१ मा त्यहाँका फिल्ड मार्शल थानोम किट्टीकाचोर्नले आफ्नै सरकारविरुद्ध कु गरेका थिए । कम्युनिस्टहरुको प्रभाव बढेको कारण दर्शाउँदै किट्टीकाचोर्नले कु गरेका थिए । 

हिटलरको हत्या प्रयास

सन् १९३९ मा जर्मनीका सिकर्मी जोहान जर्ज इल्सरले एडोफ हिट्लर र नाजी पार्टीका अन्य उच्च पदस्थ अधिकारीहरुलाई हत्या प्रयास गरेका थिए ।  एउटा कार्यक्रममा हिटलरसहित सबै जना सहभागी भएका बेला इल्सरले एउटा शक्तिशाली टाइम बम बिस्फोट गराएका थिए । बिस्फोटमा हिटलर बाँच्न सफल भएका थिए । उनलाई पाँच वर्ष जेल सजाय तोकिएको थियो।

एक्सरे पत्ता लगाउने पहिलो व्यक्ति

जर्मनीका भौतिक शास्त्री विलहेल्म कोनराड रोयन्टजेनले अकस्मात एक्सरे पत्ता लगाएका थिए । सोही आबिश्कारका लागि उनलाई सन् १९०१ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

हिटलरको असफल सत्तापलट प्रयास

सन् १९२३ मा आजकै दिन बर्लिनतर्फ विशाल हलीसहित मार्च गरेका एडोल्फ हिटलर र नाजी पार्टीका अन्य सदस्यहरुले सरकार ढाल्ने असफल प्रयास गरेका थिए । उनीहरुले म्युनिखस्थित बीं केलरबाट मार्च सुरु गरेका थिए । कू प्रयास असफलपछि हिटलरलाई पक्राउ गरी केही बर्ष कैद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’