2026-06-20 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओ र देङ सियाओपिङकै हैसियतमा चीनका राष्ट्रपति सी

कात्तिक २६, बेइजिङ | एजेन्सी | चीनका राष्ट्रपति सी जिनपिङलाई चीनको राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेको छ । बेइजिङमा जारी सीपीसीको स्थायी कमिटीको छैटौं पूर्ण वैठकले सो प्रस्ताव पारित गरेको हो । पार्टी स्थापनापछि एतिहासिक प्रस्ताव पारित भएको यो तेस्रो पटक हो । 

यसअघि सन् १९४५ मा पार्टीका संस्थापक माओ जेदोङले र सन् १९८१ मा देङ सियाओपिङले यस्तो प्रस्ताव पारित गरेका थिए ।  पार्टीको १०० वर्ष लामो इतिहासको समीक्षा गरिएको सो दस्तावेजमा सीपीसीको प्रमुख उपलब्धी र भावी दिशाबारे सम्बोधन गरिएको छ । 

राष्ट्रपति सीलाई पार्टीका संस्थापक नेता माओ र उनका उत्तराधिकारी देङकै हैसियत स्थापित गर्ने उदेश्यले प्रस्ताव पारित गरिएको छ ।  कतिपयले यो प्रस्तावलाई दशकौंदेखिको विकेन्द्रीकरणतर्फ फर्किने राष्ट्रपति सीको पछिल्लो प्रयासको रूपमा व्याख्या गरेका छन् । देङको शासनकालमा सुरु भएको विकेन्द्रीकरण नीति पूर्वराष्ट्रपति जियाङ जेमिनको कार्यकालसम्म तीब्र प्रयोगमा थियो । 

चार दिनसम्म चलेको १९औं स्थायी समितिको बैठकमा वैकल्पिक र पूर्ण गरी ३७० सदस्य उपस्थित थिए ।

आगामी वर्ष हुने नेसनल कंग्रेसको बैठकअघि स्थायी समितिको बैठक बसेको हो । नेसनल कंग्रेसको  बैठकपछि राष्ट्रपति सी तेस्रो कार्यकालका लागि राष्ट्रपति हुने अनुमान गरिएको छ । सन् २०१८ को बैठकले दुई कार्यकालको व्यवस्था अन्त्य गरेको थियो । 

राष्ट्रिय हिरो बन्न खोजे सी


प्रस्तावले राष्ट्रपति सीलाई अझै लामो समयसम्म शक्तिमा रहिरहन सहयोग गर्ने विज्ञहरुले बताएका छन् । ‘चीनको राष्ट्रिय यात्रामा सीले आफूले आफैलाई राष्ट्रिय हिरो साबित गर्न खोज्दैछन्,’ चाइना निकानका सम्पादक एडम नि भन्छन् । एडम अगाडि थप्छन्, ‘एतिहासिक प्रस्ताव ल्याएर उनले आफूलाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्र र आधुनिक चीनमा आफ्नो शक्ति देखाउन खोजिरहेका छन् । 

राष्ट्रपति सीको पछिल्लो कदमले उनलाई यसअघिका चिनियाँ नेताहरूभन्दा पृथक देखाएको नेसनल युनिर्भसिटी अफ सिंगापुरका प्राध्यापक डा. चोङ लान बताउँछन् । 

‘पूर्व नेताहरू हु जिन्ताओ र जियाङ जमिन वर्तमान राष्ट्रपति सीले जस्तो आफूलाई शक्तिशाली बनाउने धुनमा लागेनन् । ’ चोङ भन्छन् । उनीहरु पनि सी जस्तै महत्वाकांक्षी भएको भए अनन्तकालसम्म शक्तिमा रमाउन सक्ने चोङको अनुमान छ । 

अहिले चीनमा व्यक्तिगत रूपमा राष्ट्रपति सीलाई राष्ट्रिय हिरो बनाउन खोजिएको उनको ठहर छ । यसअघि प्रस्ताव पारित गरेका माओ र देङले पनि विगतको प्रवृत्ति तोडेका थिए । 

सन् १९४५ मा पार्टीको विस्तारित बैठकमा अनुमोदन गरिएको पहिलो प्रस्तावले माओलाई सन् १९४९ मा जनगणतन्त्र चीन घोषणा गर्न सहयोग गरेको थियो । 

सन् १९७८ मा नेता बनेपछि देङले सन् १९८१ मा एउटा प्रस्ताव ल्याएका थिए । प्रस्तावमा सन् १९६६ देखि सन् १९७६ सम्म माओको नेतृत्वमा भएको चीनको सांस्कृतिक क्रान्तिको आलोचना गरिएको थियो । क्रान्तिमा लाखौंको मृत्यु भएको थियो । देङले चीनमा आर्थिक सुधारको जग बसालेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ