१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्लभ पेन्गुइन जो आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो

२८ कार्तिक २०७८, आईतवार ०८:४७

कात्तिक २८, वेलिङटन | एजेन्सी | न्युजिल्यान्डमा एउटा पेन्गुइन आफ्नो वास्तविक वासस्थानबाट तीन हजार किलोमिटर टाढा हिँडेको छ । स्थानीयले माया गरेर पिंगु नाम दिएको एडेली पेन्गुइन न्युजिल्यान्डको समुद्री तटमा फेला परेको हो । सो पेन्गुइन आन्ध्र महासागरबाट न्युजिल्यान्ड पुगेको विश्वास गरिएको छ । यसलाई वैज्ञानिकहरूले विश्वकै दुर्लभ र रोचक घटना बताएका छन् ।

स्थानीय ह्यारी सिंहले त्यसलाई पहिलो पटक देखेका थिए । नदीको तटमा पहिलो पटक देख्दा उनले त्यसलाई एउटा ‘नरम खेलौना’ जस्तो मानेका थिए । 

दक्षिणी सहर क्रिस्टचर्चको दबिर्डलिङ फ्ल्याटको एउटा किनारामा टहलिने क्रममा सिंह र उनकी पत्नीले पिंगुलाई फेला पारेका थिए । 

‘सुरूमा देख्दा मैले त्यसलाई एउटा नरम खेलौना जस्तो माने । अकस्मात त्यसले टाउको हल्लायो । त्यसपछि त्यो साँच्चीकै जीवित प्राणी जस्तो लाग्यो । ’ उनले भने । 

सिंहले फेसबुक पेजमा पोस्ट गरेको एउटा भिडियोमा पेन्गुइन नितान्तै एक्लो र हराएकोजस्तो देखिन्छ । ‘उ एक घन्टासम्म चलेन । उ निकै थकित देखिन्थ्यो ।’ सिंहले लेखेका छन् । 

पेन्गुइन लामो समयसम्म पनि समुद्रतर्फ नगएपछि उनले उद्दारकतालाई फोन गर्ने निधो गरे । समुद्रका प्राणीले त्यसलाई शिकार गर्छन की भनेर उद्दारकर्ता नआउन्जेल उनी पेन्गुइनको पहरेदार बनेर बसे । 

‘निर्दोष चरा बिरालो, कुकुर वा अन्य कुनै प्राणीको शिकार बन्छ की भन्ने डरले त्यसलाई कुरेरै बसिरहे,’ उनले भने । 

केही समयपछि एक उद्दारकर्ता आए । उनी थिए थोमस स्ट्राके । थोमसले विगत १० वर्षदेखि न्युजिल्यान्डको दक्षिणी टापुमा पेन्गुइनलाई पुनसर््थापना गर्दै आएका थिए । 

सो पेन्गुइन एडेली प्रजातिको भएको थाहा पाएपछि थोमस एक क्षण अवाक भए । किनकी एडेली प्रजातिको पेन्गुइन अन्र्टाटिका महादेशमा मात्र पाइन्छ । पेन्गुइन लामो यात्रा गरेर न्युजिल्यान्ड आएको उनले निस्कर्ष निकाले । थोमस र उनको समूहले सोही साँझ पेन्गुइनको उद्दार गरे । 

थोमसले सो दुर्लभ चराको रगत परीक्षण गराए । परीक्षणका क्रममा पेन्गुइन कम तौल भएको र उसमा ‘डिहाइड्रेसन’ देखिएको उनले थाहा पाए । उनले तत्कालै एउटा ट्युवबाट झोलिलो पर्दाथ खुवाए । पेन्गुइनलाई अहिले पनि त्यस्तै झोलिलो खानेकुरा दिइएको छ । 

त्यस दुर्लभ चरालाई बैंकस प्रायद्धीपमा चाँडै नै छोडिने भएको छ । त्यहाँ कुकुर र बिरालो हुँदैन् । 

समुद्री तटमा एडेली प्रजातिको पेन्गुइन फेला परेको न्युजिल्यान्डको इतिहासमै यो तेस्रो घटना हो । यसअघि न्युजिल्यान्डका दुई ओटा अलग अलग तटमा सन् १९६२ र सन् १९६३ मा यस्तै दुर्लभ पेन्गुइन फेला परेका थिए । 

एडेली पेन्गुइन भेटिनु निकै दुलर्भ घटना भएको र भविष्यमा पनि यस्ता पक्षी देखिएमा यसले खतरा संकेत गर्ने विज्ञहरु बताउँछन् ।

‘वार्षिक रुपमा एडेली पेन्गुइन यसैगरी देखिएपछि समुद्रमा केही गडबढी भएको रैछ भनेर बुझ्नु पर्छ,’ ओटागो विश्वविद्यालयका प्राध्यापक फिलिप सेडन भन्छन् । 

पेन्गुइन समुद्रबाट किन बाहिर आउछन् ? तिनिहरू कहाँ जान्छन् ? के गर्छन् ? र उनीहरूको जनसंख्या कति छ ? जस्ता प्रश्नहरूको अध्ययन आवश्यक भएको उनको भनाई छ । पेन्गुइनले सामुद्र्रिक पर्यावरणबारे पनि धेरै कुरा बताउने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई ल्याईंदै गर्दा त्रिभुवन विमानस्थलमा कडा सुरक्षा तैनाथी एनपीएल खेल्न नेपाल आइपुगे न्यूजिल्याण्डका मार्टिन रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणी- स्वतन्त्र नाम राखेर असन्तुष्टिलाई क्याच गरेर ठगीको प्रयास भयो अन्तशुल्क स्टिकर खरिदमा घोटला : विकल पौडेललाई ८ वर्ष कैदको फैसला काठमाडौं आइपुगे कमेडियन सुनील ग्रोवर रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, एयरपोर्टमा जम्मा हुन रास्वपाको आग्रह ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउँदै टिकटक, किन? कमेडी सिरियल ‘गजब छ बा’ शनिबारदेखि प्रसारणमा आउँदै उत्तर प्रदेशमा कार दुर्घटनाः गुगल म्याप र निर्माण विभागमाथि मुद्दा, घटनाबारे के भन्छ गुगल? नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत: कोठा र काम पाउन निकै मुस्किल प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीमा परराष्ट्रमन्त्री राणा चीन प्रस्थान कार्तिक आर्यनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म ‘भूल भुलैया ३’, अहिलेसम्म कति कमायो? निर्वाचन प्रभावित गर्न खोजेको भन्दै एमाले नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा स्वामीकार्तिक खापरमा आफ्नो उम्मेदवारले एमालेको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद! दक्षिण भारतीय अभिनेता धनुषद्वारा नयनताराविरुद्ध अदालतमा मुद्दा दायर बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी सात महिनापछि पक्राउ सानो गौचरनमा काठमाडाैं महानगरले स्टेडियम बनाउँदै, उपप्रमुख डंगाेलले गरिन् शिलान्यास विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगे आज प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै