३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले अफगानिस्तानलाई पठायो १ हजार टन सामाग्री

५ मंसिर २०७८, आईतवार ०९:०२

मङ्सिर ५, बेइजिङ | एजेन्सी | चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामाग्री पठाएको छ । चीनले पठाएको १ हजार टन मानवीय सहायताका सामाग्री बोकेको एउटा रेल चीनको उत्तरपश्चिम सिन्जियाङको उइगुर स्वायत्त क्षेत्रबाट अफानिस्तानतर्फ प्रस्थान गरेको छ । सो रेल १२ दिनभित्र अफगानिस्तानको मजार आइ सरिफ पुग्नेछ । 

चीनले पठाएका सामाग्रीमा नान, पाउडर दुध, कटनका जुत्ता, लुगा र कम्मललगायत छन् । सन् २०२१ देखि चीन –अफगानिस्तान मालबहाक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामाग्री पठाएको छ । 

चीनको विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले दुई देशबीचको मालबहाक रेल निरन्तर सञ्चालनमा आएको भन्दै कृषि उत्पादनका सामाग्री आयात निर्यात भएको बताएका थिए । 

१५ अगस्टमा तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा मानवीय संकट बढेको छ । चीनले अफगानिस्तानलाई २० करोड युयान बराबरको आपतकालीन सहयोग प्रदान गर्ने बचन दिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’