२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवै डोज खोप लगाएको ६ महिनापछी प्रभावहिन, ‘बुस्टर डोज’ नलगाए कोरोनाको जोखिम उत्तिकै !

२०७८, १८ मंसिर शनिबार ०६:४७

मङ्सिर १८, काठमाडौँ | कोरोनाको नयाँ भेरिएन्ट भित्रिने जोखिमसंगै नेपालले यसको पुर्वतयारी गर्नु पर्ने देखिएको छ । दुवै मात्राको कोरोना बिरुद्धको खोप दिएर त्यसमा पनि बुस्टर डोज दिँदा कोरोनाको नयाँ भेरिएन्टलाई परास्त गर्ने क्षमता बढ्ने विज्ञहरुले बताईरहेका छन् तर सरकार यस सम्बन्धमा मौन छ । 

नेपालले पहिलो र दोस्रो चरणको खोप अभियानसमेत चलाउन नसकेकोको अवस्थामा कसरी 'बुस्टर' डोज दिन सक्ला ? प्रश्नको विषय बनेको छ । त्यसो त नेपालमा कोरोनाको बुस्टर डोज दिने कुरा चर्चामा समेत छैन । 

नेपालसँग अझै करिव ८० लाख डोज खोप प्रयोग हुन बाँकी छ । थप तीन करोड ५६ लाख खोप भित्र्याउने सरकारी लक्ष्य छ । सरकारले आफूसंग भएको खोप पहिलो/दोश्रो डोजसमेत प्रभावकारी ढंगले जनतालाई दिने कुरामा शंका गर्न थालिएको अवस्थामा बुस्टर डोज कहिले दिन सक्ला ? किन भने खोप भण्डारणमा समस्या पर्न सक्ने बुझेर पनि अहिले प्रयाप्त मात्रामा खोप लगाइएको छैन । नेपालसँग अझै ८० लाख बढी डोज खोपको मौज्दात छ तर दैनिक अहिले खोप लगाएजस्तो धिमा गतिमा खोप लगाउने हो भने त्यहि ८० लाख डोज खोप उपयोग गर्न पनि २/३ महिना लाग्ने अवस्था देखिएको छ । त्यसमा पनि थप डोज ल्याउने हो भने त्यसलाई ल्याए लगत्तै उपयोग गर्न नसक्ने तथा भण्डारणमा समेत समस्या देखिन सक्छ । जसको कारण कोरोनाको नयाँ भेरिएन्टको जोखिम र त्यसको प्रभाव खोप नपाएका जनतामा देखिने पक्का छ ।

बिज्ञहरुको अनुसार कोरोनाको दुवै मात्राको खोप लगाएर ६ महिना कटेपछि त्यसको प्रभाव देखिएको छैन । जसको कारण दुवै डोज लगाईसकेकाहरुलाई समेत तेश्रो डोज अर्थात 'बुस्टर डोज' दिनु आवश्यक देखिएको छ ।

नेपालसँग बुस्टर डोज लगाउनको लागि पनि पुग्ने खोप पाइपलाइनमा छ । तर पहिलो र दोश्रो डोज समेत दिन बाँकी छँदा बुस्टर डोजको कुरा सरकारको योजनामै छैन । बिज्ञहरुले दुवै डोज लगाए पनि ६ महिना काटेपछि त्यसको प्रभाव नरहेको भन्दै बुस्टर डोज लगाउन सुझाव दिएका छन । इडियन सार्स कोभिड–२ जेनेटिक कन्सोर्टियमका वैज्ञानिकहरूले ओमिक्रोनको जोखिमलाई ध्यान दिंदै ४० वर्षभन्दा माथिकाहरूको लागि बुस्टर डोजको सिफारिस गरेको वर्तमान अवस्थामा नेपालले पनि बुस्टर डोज दिनेतर्फ बेलैमा ध्यान दिनु पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु