२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ले कसैलाई नछाड्ने भन्दै भारतका एक डाक्टरद्वारा परिवारकै हत्या

२०७८, १८ मंसिर शनिबार ०९:४२

मङ्सिर १८, काठमाडौँ | एजेन्सी | भारतमा एक डाक्टरले आफ्नो श्रीमती सहित दुई बच्चाको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कानपुरमा यो घटना हिजो शुक्रवार साँझको हो । डाक्टरको नाम सुशील कुमार हो । प्रहरीको अनुसार, घरमा पत्नी, छोरा र छोरीको लाश भेटिएको छ । डाक्टरले मृतकहरुसंगै एक नोट पनि छोडेका थिए । जसमा लेखेका थिए कि कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन आएपछि अब अरु लाश गन्नु छैन । यसले सबैलाई मार्छ । डाक्टरले यो पनि लेखेका छन् कि उनलाई कोविड रिलेटेड डिप्रेशन छ ।

प्रहरीले डा. सुशील कुमारलाई गिरफ्तार गर्न सकेको छैन । उनले घटना घटाएर फरार भएका छन् । घटना स्थलमा भेटिएको नोटको कारण भनिएको छ कि उनले यो कदम कोरोनाको डिप्रेशन र ओमिक्रोनको कारण उठाएका हुन् । उनका जुम्ल्याहा भाई सुनीलको अनुसार, डा. सुशील केहि समयदेखि डिप्रेशनको सिकारमा थिए ।

डा. सुशील कानपुरमा इन्द्रानगरको डिविनिटी अपार्टमेन्टमा बस्दै आएका थिए । पत्नी चन्द्रप्रभाको उमेर ४८ बर्षको थियो । भने छोरा शिखर (१८ बर्षका) र छोरी खुशी (१६ बर्षकि) थिइन् । प्रहरीले ड्रिप्रेशनको अलावा हत्याको दोश्रो कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।

माथिको तस्वीरमा: डा सुशील र उनको श्रीमती

माथिको तस्वीरमा: डा सुशीलका छोरा र छोरी

हत्यापछि डा. सुशील कुमारले आफ्नो भाई सुनीललाई म्यासेज पठाएका थिए । शुक्रवार साँझ ५:३२ बजे पठाइएको म्यासेजमा लेखिएको थियो कि 'प्रहरीलाई इन्फर्म गर, मैले डिप्रेशनमा हत्या गरेको छु ।' म्यासेज पढेपछि सुनील उनको घर पुगेका थिए । ढोका भित्रबाट बन्द थियो । ढोका तोडेर भित्र पस्दा चन्द्रप्रभा, शिखर र खुशीको लाश भेटिएको थियो । प्रहरीको अनुसार डाक्टरले पहिले पत्नीको सिरमा कुनै भारी चीजले प्रहार गरेका थिए । 

डाक्टरले लेखेका थिए मार्नुको कारण 

डाक्टरले लेखेका थिए- 'अब अरु कोभिड होइन, यो कोभिड ओमिक्रोनले अब सबैलाई मार्छ । अब अरु लाश गन्नु छैन । आफ्नो लापरवाहीको कारण करियरको त्यस ठाउँमा फसेको छु, जहाँबाट निक्लन असम्भव छ । मेरो कुनै भविष्य छैन । म आफ्नो होश-हवासमै आफ्नो परिवारलाई सिध्याएर आफै मर्दैछु । यसको जिम्मेवार अरु कोई होइन । म रोगबाट ग्रसित छु । आगामी भविष्य केहि पनि देखिरहेको छैन । यसको अलावा मसँग कुनै उपाय छैन । म आफ्नो परिवारलाई कष्टमा छोड्न सक्दिन । सबैलाई मुक्तिको मार्गमा छोडेर जाँदैछु । सबै कष्टलाई एकै पलमा टाढा गर्दैछु । मेरो पछाडी कसैलाई कष्टमा देख्न सक्दिन । मेरो आत्माले मलाई कहिलै माफ गर्नेछैन ।'


डा. सुशील कुमार रामा मेडिकल कलेजमा फरेन्सिक विभागका हेड अफ डिपार्टमेंट (HOD) हुन् । उनि कानपुर मेडिकल कलेजका छात्र थिए । १५ बर्ष अघि उनले GSVM बाट MBBS गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु