२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेड खानीमा भीषण पहिरो : १ सय २० जनाको मृत्यु , ७० जना बेपत्ता !

२०७८, ७ पुष बुधबार ०७:३३

एजेन्सी | जेड खानीको पहिरोमा परि १ सय २० जनाको मृत्यु , ७० जना बेपत्ता भएका छन्  ! एक जेड माइनिङ खानी ( मूल्यवान् पत्थरको खानी) मा भीषण पहिरो गएको छ । उत्तरी म्यानमारमा गएकाे साे पहिराेमा परी कम्तीमा १ सय २० जनाको मृत्यु र  ७० जना गायब भएका छन् ।​

कचिन राज्यको हपाकान्त इलाकामा बुधबार स्थानीय समय अनुसार बिहान ४ बजे पहिरो गएको हो । घटनास्थलमा उद्दार कार्य जारी छ। पीडितमध्ये धेरैजसोले अवैध रुपमा जेडको उत्खनन गरिरहेका थिए । म्यानमार जेड (गहना बनाउन प्रयोग हुने हरियो पत्थर) को संसारको सबैभन्दा ठूलो स्रोत हो तर पछिल्ला थुप्रै वर्षमा यसको उत्खननका बेला थुप्रै दुर्घटना भएका छन् ।

हपाकान्तमा जेड उत्खननमाथि प्रतिबन्ध छ तर स्थानीय रोजगारीको कमी र कोभिड–१९ पछि खराब भएको आर्थिक स्थितिका कारण उत्खनन गर्दै आएका छन् । केही दिन अघि हपाकान्तमा एउटा जेड ब्लक नजिकै पहिरो गएका कारण १० जना गायब भएका थिए ।

सन् २०२० मा हपाकान्तमा नै एक दुर्घटना हुँदा १६० भन्दा बढी मारिएका थिए जसमा धेरैजसो प्रवासी थिए । यो दुर्घटना उत्खनन गरिएको फोहोरको पोखरीमा डुबेका कारण भएको थियो ।

सन् २०१८ मा रत्न उत्खनन बारे नयाँ कानुन पास गरिएको थियो तर आलोचकका अनुसार सरकारसँग अनुसन्धानकर्ता छैनन् र अवैध काम रोक्नका लागि सिमित अधिकार छन् । म्यान्मारको जेडको व्यापार हरेक वर्ष ३० अर्ब डलरको मानिन्छ जसमा हपाकान्त संसारको सबैभन्दा ठूलो जेड उत्खनन हुने स्थान हो । -एजेन्सी

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने