पुस १०, काठमाडौँ | नेपाली काँग्रेसको वरीयतामा महामन्त्री विश्वप्रकाश शर्माभन्दा गगन थापा अगाडि भएका छन्। १४ औं महाधिवेशनमा थापा र शर्मा महामन्त्रीमा विजयी भएका थिए। महामन्त्रीको वरियतामा थापा अगाडि भएका हुन्।
सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियता थापा निर्धारण गरिएको छ। १२ र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए भने शर्मा १३ औं महाधिवेशन मात्र केन्द्रीय सदस्य भएका थिए।
नेपाल विद्यार्थी संघमा शर्मा अध्यक्ष रहेको समितिमा थापा उपाध्यक्ष थिए। शर्मा नेविसंघको राजनीतिमा सिनियर भए पनि पार्टी राजनीतिमा थापा अगाडि प्रवेश गरेका थिए। महामन्त्रीको वरियतामा पार्टी राजनीति प्रवेशलाई आधार बनाएको देखिन्छ।