२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

१६ पुष २०७८, शुक्रबार ०६:४१

पुस १६, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ। यसअघि बिहीबार २५ समूहको रिपोर्टिङ सकिएपछि कमलादीस्थित प्रज्ञा भवनमै स्थायी समिति बैठकसमेत बसेको थियो।

समूहगत रूपमा आएको सुझावको जवाफबारे छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए। यस्तै, बैठकमा केन्द्रीय समितिमा ल्याइने विभिन्न कलस्टरको प्रतिनिधित्वको विषयमा समेत खाका प्रस्तुत हुने बताएको छ।

माओवादी केन्द्रको प्रज्ञा भवनमा जारी आठौं महाधिवेशन लम्बिएको छ। पुस १५ गते सम्पन्न हुने भनिएको महाधिवेशन समूहगत छलफल र त्यसको निष्कर्ष सुनाउन टोली नेतालाई दुई दिन लागेपछि महाधिवेशन लम्बिएको हो। पुष ११ गतेदेखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन भनेर प्रचार भए पनि एक दिन अगाडि मात्रै महाधिवेशनमा रूपान्तरण गरिएको थियो।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो। प्रतिवेदनमाथि छलफल गर्न बनेका २५ वटै समूहले बिहीबार निष्कर्ष पेस गरे।

महाधिवेशन प्रतिनिधिहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि सार्नुपर्ने, अहिलेसम्मलाई एक कार्यकाल मानी एक व्यक्ति प्रधानमन्त्रीमा २ कार्यकाल, मन्त्री र सांसदमा ४ कार्यकालभन्दा बढी हुन नहुने, पार्टी कमिटीको प्रमुख पदमा २ कार्यकाल मात्र काम गर्नुपर्ने, समानुपातिक पदहरूमा एक कार्यकाल मात्र पठाउनुपर्ने सुझाव दिएका छन्।

पार्टीभित्रै वर्ग जन्मिएको भन्दै महाधिवेशन प्रतिनिधिहरूले असन्तुष्टि र चिन्तासमेत व्यक्त गरेका छन्। वर्गीय शोषण, दमन अन्त्य गर्न राजनीतिमा आएका नेता तथा कार्यकर्ताहरू नै मिटर ब्याजी बनेको विषय पनि उठेको छ। गरिबलाई रुवाउन उनीहरूले सुदखोरलाई सघाउने गरेको पनि निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमाथि उठेका प्रश्न, सुझाव र जिज्ञासाको अध्यक्ष प्रचण्डले शुक्रवार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा जवाफ दिने र प्रतिवेदन पारित गर्ने कार्यसूची छ। त्यससँगै अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेस गर्ने कार्यक्रमसमेत रहेको छ। उक्त प्रक्रिया सकिएपछि मात्रै नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ। नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता