२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा चुनौतीका विषयमा छलफल

२२ पुष २०७८, बिहीबार ११:१८

पुस २२, काठमाडौँ | आसन्न निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै सरकारले सुरक्षा अवस्थाका बारेमा छलफल गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको हो ।

बैठकमा राष्ट्रियसभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनमा गरिने सुरक्षा तयारीका बारेमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख महिनामा गर्न प्रस्ताव गरेको छ । यद्यपि सरकारले निर्वाचनको मिति तय भने गरेको छैन । बैठकमा तराई–मधेसका क्षेत्रमा सिके राउत समूहका गतिविधिले सुरक्षा चुनौती थपेको निष्कर्ष पेश गरिएको थियो । “समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका बारेमा समितिमा छलफल भयो”, उहाँले भन्नुभयो । समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतका उच्च अधिकारी उपस्थिति हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य