2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संक्रमण रोकथाममा अत्यावश्यक निर्णय गर्न सक्ने, उपत्यकाका सिडिओको यी विषयमा भयाे छलफल

पुस २५, काठमाडौँ | कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा सिसिएमसीको बैठक बसेको छ। आइतबार मध्याह्न १२ बजे बसेको बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको वेला जनजीवनलाई कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा छलफल भएको छ। शुक्रबार प्रधानमन्त्रीसहित बसेको बैठककै निरन्तरताको रूपमा आज छलफल भएको हो।

अनावश्यक भिडभाड गर्न नदिने, स्वास्थ्य मापदण्ड परिपालना गराउने, खोप र पिसिआर परीक्षण दायरा बढाउनेलगायत विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। उनले कोरोना संक्रमण बढिरहेको अवस्थामा सबैतिर भिडभाड बढेकोले त्यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा पनि छलफल भएको बताए।

छलफलमा कोरोना संक्रमण दर बढे प्रमुख जिल्ला अधिकारीहरूले अत्यावश्यक निर्णय गर्न सक्ने निर्णय पनि भएको छ। त्यस्तै, भौतिक दूरी कायम गराउने, मास्कको अनिवार्य गर्ने, स्यानिटाजर प्रयोग गर्नेजस्ता स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने विषयमा पनि छलफल भएको छ।

सोही सन्दर्भमा आइतबार बिहान उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छुट्टाछुट्टै बैठक गरेका थिए। सो क्रममा विनामास्क ओहोरदोहोर नगर्न, भिडभाड नगर्न, भौतिक दूरी कायम राख्नलगायत निर्देशन जारी गर्ने सन्दर्भमा छलफल भएको छ।

ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पनि कोरोना सक्रमण रोकथामका लागि आवश्यक छलफल गरेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परिस्थितिअनुसार कडाइ गर्ने छलफल भइरहेको बताइन्। ‘आज साँझ जिल्लाका सरोकारवाला निकायहरूसँग बैठक बस्दै छौँ, बैठकमा कोरोना संक्रमण रोकथामकै विषयमा छलफल हुन्छ,’ उनले भनिन्, ‘स्वास्थ्य मापदण्डमा चाहिँ भोलिदेखि नै कडाइ गर्छौँ।’

ललितपुर प्रशासनले पनि जिल्ला जनस्वास्थ्य कार्यालय, खोप समन्वय समिति, महानगरपालिका, प्रहरी परिसरलगायतसँग छलफल गरेको छ। पहिलो चरणमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने र संक्रमण दर तीव्र गतिमा फैलिए अन्य निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

‘कोरोना संक्रमणको नियमित समीक्षा गरिरहेका छौँ, अहिले नै लकडाउन वा धेरै कडाइ गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गर्छौँ, खोप कार्यक्रमलाई पनि तीव्र गति दिन्छौँ ।’ उनले सिसिएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरूले काम गर्ने तयारी गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई