२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संक्रमण रोकथाममा अत्यावश्यक निर्णय गर्न सक्ने, उपत्यकाका सिडिओको यी विषयमा भयाे छलफल

२५ पुष २०७८, आईतवार ०९:०७

पुस २५, काठमाडौँ | कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा सिसिएमसीको बैठक बसेको छ। आइतबार मध्याह्न १२ बजे बसेको बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको वेला जनजीवनलाई कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा छलफल भएको छ। शुक्रबार प्रधानमन्त्रीसहित बसेको बैठककै निरन्तरताको रूपमा आज छलफल भएको हो।

अनावश्यक भिडभाड गर्न नदिने, स्वास्थ्य मापदण्ड परिपालना गराउने, खोप र पिसिआर परीक्षण दायरा बढाउनेलगायत विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। उनले कोरोना संक्रमण बढिरहेको अवस्थामा सबैतिर भिडभाड बढेकोले त्यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा पनि छलफल भएको बताए।

छलफलमा कोरोना संक्रमण दर बढे प्रमुख जिल्ला अधिकारीहरूले अत्यावश्यक निर्णय गर्न सक्ने निर्णय पनि भएको छ। त्यस्तै, भौतिक दूरी कायम गराउने, मास्कको अनिवार्य गर्ने, स्यानिटाजर प्रयोग गर्नेजस्ता स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने विषयमा पनि छलफल भएको छ।

सोही सन्दर्भमा आइतबार बिहान उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छुट्टाछुट्टै बैठक गरेका थिए। सो क्रममा विनामास्क ओहोरदोहोर नगर्न, भिडभाड नगर्न, भौतिक दूरी कायम राख्नलगायत निर्देशन जारी गर्ने सन्दर्भमा छलफल भएको छ।

ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पनि कोरोना सक्रमण रोकथामका लागि आवश्यक छलफल गरेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परिस्थितिअनुसार कडाइ गर्ने छलफल भइरहेको बताइन्। ‘आज साँझ जिल्लाका सरोकारवाला निकायहरूसँग बैठक बस्दै छौँ, बैठकमा कोरोना संक्रमण रोकथामकै विषयमा छलफल हुन्छ,’ उनले भनिन्, ‘स्वास्थ्य मापदण्डमा चाहिँ भोलिदेखि नै कडाइ गर्छौँ।’

ललितपुर प्रशासनले पनि जिल्ला जनस्वास्थ्य कार्यालय, खोप समन्वय समिति, महानगरपालिका, प्रहरी परिसरलगायतसँग छलफल गरेको छ। पहिलो चरणमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने र संक्रमण दर तीव्र गतिमा फैलिए अन्य निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

‘कोरोना संक्रमणको नियमित समीक्षा गरिरहेका छौँ, अहिले नै लकडाउन वा धेरै कडाइ गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गर्छौँ, खोप कार्यक्रमलाई पनि तीव्र गति दिन्छौँ ।’ उनले सिसिएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरूले काम गर्ने तयारी गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य