2026-09-19 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ८ अंकको अग्रता लिएको छ । आइतबार राति भएको खेलमा साउथ ह्याम्प्टनमाथि ३–२ गोल अन्तरको जीत निकाल्दै ३ अंक थपेको थियो ।

खेल अघि शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको लिभरपुलले साउथ ह्याम्पटनलाई पराजित गर्दै ८ अंकको अग्रता लिएको हो । लिभरपुलले १२ खेलबाट ३१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भने २३ अंक रहेको छ ।

आइतबार राति लिभरपुललाई जिताउन इजिप्टियन खेलाडी मोहमद सलाहले २ गोल गर्दा डोमोनिकले १ गोल गरेका थिए ।

साउथ ह्याम्पटनका लागि एडम आमस्ट्रोङ र मेटस फर्नान्डेसले एक एक गोल थपे। साउथ ह्याम्पदनको मैदानमा पाहुना टोली लिभरपुलले ३० औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि डोमोनिकले पहिलो गोल गरेका थिए ।

तर, ४२ औं मिनेटमा आमस्ट्रोङले गोल गरेपछि साउथह्याम्पटन पहिलो हाफमै बराबरी गर्दै खेलमा फर्किएको थियो । ५६ औं मिनेटमा फर्नान्डेसले गोल गरेपछि घरेलु टोली साउथह्याम्पटनले २–१ को अग्रता लियो ।

त्यसपछि निराश भएका लिभरपुल समर्थकलाई सलाहले उत्साहित बनाएका थिए । उनले ६५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–२ को बराबरीमा ल्याए । ८३ औं मिनेटमा पेनाल्टीमार्फत सलाहले व्यक्तिगत दोस्रो गोल गर्दा अन्ततः लिभरपुल ३–२ को नतिजा आत्मसाथ गर्दै ३ अंक थप्न सफल भयो ।

पराजित भएको साउथ ह्याम्पटन भने पुच्छारमा छ । लिभरपुलको जीतमा नायक रहेका मोहमद सलाहलाई क्लब छाड्न नदिन लिभरपुलका समर्थकले दबाब सिर्जना गरेका छन् । लिभरपुलमा यो सिजन पछि नरहने सलाहले बताइसकेका छन् । तर, लिभरपुलको उपाधि यात्रामा उनको अभाव हुने भन्दै समर्थकहरुले सलाहलाई जसरी पनि एनफिल्डमै राख्नुपर्नेमा जोड दिएका छन् ।

प्रिमियर लिगकै अर्को खेलमा इप्सविच टाउन र म्यानचेस्टर युनाइटेडले एक एक गोलको बराबरी खेलेका छन् । मार्कस रासफोर्डले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

तर, ४३ औं मिनेटमा इप्सविच टाउनका लागि ओमारी हटिनसनले बराबरी गोल गरे । प्रिमियर लिगमा युनाइटेड १२ औं र इप्सविच १८ औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो