२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहरमा पहिचानसहितको खाना पस्कँदै थारु युवा

८ माघ २०७८, शनिबार ०५:४०

माघ ८, काठमाडौँ | थारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन। नारायणगढको व्यस्त सहरको बीचमा एक थारु युवाले आफ्नो पहिचानसहितको खानाको होटल सञ्चालन गर्दै आएका छन्।

उच्च शिक्षा अध्ययनपछि एक दशकभन्दा लामो होटल क्षेत्रको अनुभव संगालेर भरतपुर महानगरपालिका-२८ मेघौलीका कृष्ण महतोले नारायणगढको कमलनगरमा होटल ह्याप्पी होम सञ्चालन गरेका हुन्। उनको होटलमा थारु भान्से (कुक) ले घोँगी, हाँसको छोइला, चिचर, झिंगे माछा, अन्य माछा, गगँटाजस्ता थारुका परम्परागत परिकार पाइन्छन्। त्यसो त होटलमा अरु परिकार पनि पाक्ने गर्दछन्।

महतोले भने, ‘मेरो होटलमा आउनेको पहिलो रोजाइ थारु खाना नै हुने गर्दछ।’ चिल्लो कम हुने हुँदा थारु खाना स्वास्थ्यवर्द्धक र पोसिलो हुने गर्दछ। थारुको बाहुल्य बस्ती रहेको जिल्लाको सहरी क्षेत्रमा यस्ता अन्य होटल नभएको उनको भनाइ छ। उनले भने, ‘म थारु परिकारका लागि माडी, टाँडी र मेघौलीसम्म पुगेर सामग्री ल्याउने गर्दछु।’

परिकार थारुका पाक्ने भए पनि अन्य जातिले बढी रुचाएको उनको अनुभव छ। थारु परिकार पाइन्छ भन्ने थाहा पाउने परपरबाट पनि आफ्नामा आउने गरेको महतोको भनाइ छ। उनले भने, ‘हाम्रो जातिको पहिचानसहितको यो परम्परागत खानाको माग बढ्दो छ।’ मानव स्वास्थ्यका लागि थारु परिकार आफैँमा निकै राम्रो हुने उनको दाबी छ।

त्यसो त यो समुदाय खानाकै कारण स्वस्थ र दीर्घजीवी हुने गर्दछ। स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका महतोले २२ वर्षको उमेरबाट होटल क्षेत्रमा काम थालेका हुन्। अहिले ३८ वर्ष हुँदै गर्दा आफू सन्तुष्ट रहेको बताउने महतोले झण्डै नौ वर्ष जिल्लाको ठूलो होटल सेन्ट्रल पाममा काम गरे। झाडुपोचादेखि व्यवस्थापनसम्मको सबै कामको अनुभव संगालेका उनले केही वर्ष नारायणगढमै साथीको एक होटलमा व्यवस्थापकको जिम्मेवारी सम्हाले।

उनले विसं २०७४ को असोज ६ गतेदेखि यो होटल सुरुआत गरेका हुन्। ऋण गरेर २० लाख हाराहारीको लगानीमा सुरु भएको ह्याप्पी होममा सुरुमा आठ कोठा थिए। अहिले बढाउँदै लगेर २० कोठा पुगेका छन्। लगानी एक करोडभन्दा बढी भइसकेको महतोको भनाइ छ।

बैंकमा ऋण भए पनि ग्राहकको सन्तुष्टिका कारण आफूलाई पनि सन्तुष्टि मिलेको उनी बताउँछन्। आफ्ना उमेरका धेरै साथी विदेशिएको भन्दै उनले स्वदेशमै आफ्नो जातिको भाषा, संस्कृति र पहिचान संरक्षण गर्दै खानाको प्रवर्द्धनमा लाग्न पाउँदा यसैमा रमाएको बताए। उनले भने, ‘मैले अहिले पनि १२ जनालाई रोजगारी पनि दिन सकेको छु।’

अन्यत्र काम गर्दा आफूले गरेको मिहिनेतको प्रतिफल अहिले पाउन थालेको भन्दै उनले मिहिनेतका साथ काम गर्‍यो भने स्वदेशमै धेरै गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य