२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ग्यास्ट्रिक’ के हो, कसरी हुन्छ र उपचार बिधि के हो ?

२७ माघ २०७८, बिहीबार ०६:३८

माघ २७, काठमाडौँ । भनिन्छ नि, झण्डै ८० प्रतिशत नेपालीहरुलाई ग्यास्टिक रोग त लागेको होला । के ग्यास्टिक समयमा खाना नखाएपछि अर्थात भोको बस्दा मात्र हुने रोग हो ? ग्यास्टिक का यी बिबिध कुराहरुको बारे यहा चर्चा गर्दैछौ।

ग्याष्टिक भनेको के हो ?

मेडिकल भाषामा ग्यास्ट्राइटिस भनेर चिनिने यो समस्यालाई साधारण बोलीचालीको भाषामा ग्यास्टिक भनिन्छ ।

हाम्रो शरीरमा खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसहरुका हुन्छन । त्यससंगै हाइडोक्लोरिक एसिड भनिने एक खालको अम्ल पनि उत्पादन भइरहेको हुन्छ । जसको उत्दादन आमाशय भित्र हुन्छ ।

यसको काम खाना पचाउनलाई सहयोग गर्ने हो । साथै आमाशय भित्रका किटाणुहरुलाई मार्ने काम पनि गर्छ । उता आमासय भित्र हेलिकोव्याक्टर पाइलोरी भन्ने एक खाले किटाणुहरु हुन्छ । अम्ल र किटाणुबीचको तालमेल नमिल्दा ग्यास्टिक हुने गर्छ ।

ग्याष्टिक हुने अरु कारणहरु:

आमासयमै उत्पादन हुने अम्लबाट आमाशयलाई बचाउँन शरीरमा विभिन्न प्रकृयाहरु हुन्छन । जस्तैः आमाशयका भित्री सतहका कोषहरुले बाक्लो जेली जस्तो अर्धतरल पदार्थ म्युकस निकालिरहेको हुन्छ , जसले उक्त अम्लबाट आमाशयलाई बचाउने काम गरिरहेको हुन्छ ।

त्यस्तै सो अम्लको असरलाई कम गर्नको लागि बाइकारबोनेट एक प्रकारको छार पनि उत्पादन भइरहेको हुन्छ । यी ग्यास्ट्राइटिस गराउन सक्ने र त्यसबाट बचाउने प्रकृयाहरुको सन्तुलनमा गडबडीका कारण ग्याष्टिक हुने गर्छ । नेपालमा हेलिकोब्याक्टर पाइलोरी भन्ने किटाणुुको संक्रमण ग्यास्टिक रोग लाग्नुको मुख्य कारण भन्ने गरिन्छ ।

त्यस्तै धुम्रपानको, मानसिक तनाव, अनावश्यक औषधिको सेवनले पनि यो समस्या देखिन सक्छ । जस्तै हामीले टाउको दुखेर खाने सिटामोल, ब्रुफेन, ब्रुसेट जस्ता औषधि धेरै खाइयो भने पनि यो समस्या हुने प्रवल सम्भावना रहन्छ ।

साधारण लक्षण के हुन् ?

ग्यास्टिक भयो भने पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना नरुच्ने , पेट ढुस्स फुलेको, भरिएको जस्तो हुन्छ । यो अम्ल धेरै बढेको बेलामा सहन नसकिने गरी पेट दुख्न सक्छ । ग्यास्टिक हुँदा कालो दिशा हुने तथा कहिलेकाही पेट तथा आमासयमा प्वाल परी त्यसको असरले मानिसको मृत्यु समेत हुनसक्छ ।

ग्यास्टिक समस्या कसरी थाह पाउने ?

साधारणतया यो रोग विरामीको समस्या सुनेर शरिरको जाँच गरेर नै पत्ता लाग्छ । त्यसको लागि इन्डोस्कोपी गर्नुको विकल्प छैन । लक्षणहरु जस्तै पेट पोल्ने, छाति पोल्ने, पेट फुलेको जस्तो हुने, खाना अरुची हुने आदी छन् र शरिर जाँचमा अरु खराबी देखिएनन् भने ग्यास्टिक हुन सक्छ ।

तर कहिलेकाही अरु रोगको लक्ष्ँण पनि यो संग मिल्न सक्छ । त्यसैले इन्डोस्कोपी जाँच गर्नुपर्छ । कहिलेकाही छाति पोल्ने र दुख्ने पनि हुन्छ यसले मुटुरोगका समस्या देखिएको हो कि भन्ने पनि हुन्छ । किनकी लक्षण लगभग समान हुन्छ । त्यतिवेला मुटुरोग सम्वन्धी जाँचहरु जस्तै इसिजी, मुटुका इन्जाइमहरुको जाँच गर्नुपर्छ ।

त्यस्तै कहिलेकाहीं पेटका अन्य रोगहरु जस्तै प्यान्क्रियाटिटिस , एपेन्डेसाइटिस, कोलेसिस्टाइटिस र पित्तथैलीको इन्फ्लामेसनले पनि यस्तै लक्षण देखाउछ । त्यसैले रगतका विभिन्न जाँचहरु, पेटको भिडियो एक्स–रे आदि गर्नुपर्ने हुन्छ ।

त्यस्तै हेलिकोब्याक्टर पाइलोरी किटाणुुले गर्दा भएको हो की भन्ने शंका लागेमा त्यस सम्बन्धि जाँचहरु पनि गर्न सकिन्छ ।

रोगबाट बच्न के गर्ने ?

साधारणतया ठिक समयमा खाना खाने, पेट खालि नराख्ने, चिल्लो, पिरो अमिलो धेरै नखाने, पानी प्रशस्त मात्रामा पिउने आदि गर्नाले यो रोगबाट बच्न सकिन्छ । रक्सी चुरोटको सेवन कम गर्ने, मानसिक चिन्ता कम लिने गर्नाले पनि यो समस्याबाट बच्न सकिन्छ ।

साथै दुखाइ कम गर्ने औषधिहरुको अनावश्यक र अत्यधिक सेवन गर्नुहुदैन । त्यसबाट समेत समस्या समाधान भएन भने नजिकको स्वास्थ्य केन्द्रमा जाने र सम्वन्धीत चिकित्सकसंग जाँच गराउने । किनकी यसको उपचारमा हेलचेक्रयाई भयो भने त्यसबाट अल्सर तथा क्यान्सर समेत हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य