2026-09-19 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा पहिलो पटक एचआईभी संक्रमितको सफल उपचार

फागुन ५, काठमाडौँ । अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ ।

वैज्ञानिकले ‘न्यू योर्क प्यासेन्ट’ (न्यू योर्ककी बिरामी) भनेर नामाकरण गरेकी एक महिला ‘स्टेम-सेल’ थेरापीपछि एचआईभीमुक्त भएकी हुन् । न्यू योर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको  हो ।

‘स्टेम-सेल’ थेरापीपछि एचआईभीलाई जितेकी ती महिला रक्त क्यान्सर (ल्यूकेमिया)को बिरामीसमेत रहेको समाचारमा उल्लेख छ । उनी एचआईभीमुक्त हुने चौथो व्यक्ति हुन् । यसअघि एचआईभी संक्रमित तीनजना पुरुषको सफल उपचार भइसकेको छ ।

ती महिलालाई २०१३ मा एचआईभी र २०१७ मा ल्यूकेमिया भएको थियो । चार वर्षसम्म उपचार गरेपछि उनी क्यान्सरमुक्त भएकी थिइन् भने गत हिउँदमा स्टेम-सेल थेरापी रोकिएको थियो । थेरापी रोकिएको एक वर्षपछि उनको शरीरमा एचआईभीबाट संक्रमित कुनै कोष फेला परेको थिएन ।

के हो स्टेम–सेल थेरापी ?

‘स्टेम-सेल’ थेरापी क्यान्सर र एचआईभी जस्ता गम्भीर रोगको उपचार वा रोकथाम गर्न अपनाइने एक विधि हो । एकै खाले कोष उत्पादन गर्ने कोष (सेल) को प्रयोग हुने हुँदा यो विधिलाई स्टेम-सेल थेरापी भनिएको हो । यो निकै जोमिमपूर्ण उपचार विधि पनि हो । कतिपयले क्यान्सर अन्तिम चरणमा पुगेका मानिसमा यो विधि प्रयोग गर्नु अनैतिकसमेत मान्छन् ।

यो थेरापीका लागि सबैभन्दा पहिला दाता (डोनर) को आवश्यकता पर्छ । शरीरमा दुर्लभ प्रकृतिको म्युटेशन हुने भएका कारण दाताले भाइरसको प्रतिरोध गर्न सक्छन् । विज्ञहरूका अनुसार खासगरी युरोपको उत्तरी क्षेत्रमा बस्ने मानिसमा यस प्रकारको म्युटेशन हुने गर्छ ।

स्टेम-सेल थेरापीका लागि दाताले आफ्नो  नाभीको रगत र हड्डीभित्रको मासी दान गर्छन् । दान गरेको रगत र मासीलाई बिरामीको शरीरमा प्रत्यारोपण गरिन्छ । नाभीको रगतले रक्त क्यान्सरसँग लड्न सघाउँछ भने हड्डीभित्रको मासीले स्टेम-सेल प्रदान गर्छ ।

तर, स्टेम-सेल थेरापीका क्रममा प्राय: बिरामीको मृत्यु समेत हुने गर्छ । यही भएर सामान्य उपचार विधिमार्फत् एचआईभीसँग लड्न सक्ने स्वस्थ मानिसको उपचारमा यो विधि प्रयोग हुँदैन । त्यस्तै, क्‍यान्सर अन्तिम चरणमा पुगेका बिरामीको उपचारमा समेत यही विधि प्रयोग गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो