२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा पहिलो पटक एचआईभी संक्रमितको सफल उपचार

५ फाल्गुन २०७८, बिहीबार ०८:००

फागुन ५, काठमाडौँ । अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ ।

वैज्ञानिकले ‘न्यू योर्क प्यासेन्ट’ (न्यू योर्ककी बिरामी) भनेर नामाकरण गरेकी एक महिला ‘स्टेम-सेल’ थेरापीपछि एचआईभीमुक्त भएकी हुन् । न्यू योर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको  हो ।

‘स्टेम-सेल’ थेरापीपछि एचआईभीलाई जितेकी ती महिला रक्त क्यान्सर (ल्यूकेमिया)को बिरामीसमेत रहेको समाचारमा उल्लेख छ । उनी एचआईभीमुक्त हुने चौथो व्यक्ति हुन् । यसअघि एचआईभी संक्रमित तीनजना पुरुषको सफल उपचार भइसकेको छ ।

ती महिलालाई २०१३ मा एचआईभी र २०१७ मा ल्यूकेमिया भएको थियो । चार वर्षसम्म उपचार गरेपछि उनी क्यान्सरमुक्त भएकी थिइन् भने गत हिउँदमा स्टेम-सेल थेरापी रोकिएको थियो । थेरापी रोकिएको एक वर्षपछि उनको शरीरमा एचआईभीबाट संक्रमित कुनै कोष फेला परेको थिएन ।

के हो स्टेम–सेल थेरापी ?

‘स्टेम-सेल’ थेरापी क्यान्सर र एचआईभी जस्ता गम्भीर रोगको उपचार वा रोकथाम गर्न अपनाइने एक विधि हो । एकै खाले कोष उत्पादन गर्ने कोष (सेल) को प्रयोग हुने हुँदा यो विधिलाई स्टेम-सेल थेरापी भनिएको हो । यो निकै जोमिमपूर्ण उपचार विधि पनि हो । कतिपयले क्यान्सर अन्तिम चरणमा पुगेका मानिसमा यो विधि प्रयोग गर्नु अनैतिकसमेत मान्छन् ।

यो थेरापीका लागि सबैभन्दा पहिला दाता (डोनर) को आवश्यकता पर्छ । शरीरमा दुर्लभ प्रकृतिको म्युटेशन हुने भएका कारण दाताले भाइरसको प्रतिरोध गर्न सक्छन् । विज्ञहरूका अनुसार खासगरी युरोपको उत्तरी क्षेत्रमा बस्ने मानिसमा यस प्रकारको म्युटेशन हुने गर्छ ।

स्टेम-सेल थेरापीका लागि दाताले आफ्नो  नाभीको रगत र हड्डीभित्रको मासी दान गर्छन् । दान गरेको रगत र मासीलाई बिरामीको शरीरमा प्रत्यारोपण गरिन्छ । नाभीको रगतले रक्त क्यान्सरसँग लड्न सघाउँछ भने हड्डीभित्रको मासीले स्टेम-सेल प्रदान गर्छ ।

तर, स्टेम-सेल थेरापीका क्रममा प्राय: बिरामीको मृत्यु समेत हुने गर्छ । यही भएर सामान्य उपचार विधिमार्फत् एचआईभीसँग लड्न सक्ने स्वस्थ मानिसको उपचारमा यो विधि प्रयोग हुँदैन । त्यस्तै, क्‍यान्सर अन्तिम चरणमा पुगेका बिरामीको उपचारमा समेत यही विधि प्रयोग गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य