पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत्र २८, उदयपुर</b> | उदयपुरको कटारी नगरपालिका-५ बर्मजियामा एक महिलाकाे हत्या भएको छ ।<br></p><p>सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएकाे छ । घरायसी विवादका कारण पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीको भनाइ छ । </p><p>बिहान करिब साढे ४ बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउँदा उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी शवलाई कटारी अस्पतालमा पोष्टमार्टमका लागि लगेकाे छ । पोष्टराज दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । </p>

