५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानको जनसङ्ख्या ६ लाख बढीले घट्यो, सरकार चिन्तामा !

२२ बैशाख २०७९, बिहीबार ०६:४७

वैशाख २२, टोकियो  | जापानको राष्ट्रिय जनसङ्ख्या २०२१ मा मात्र ६ लाख ४४ हजारले घटेको नयाँ तथ्यांकले देखाएको छ । यो भनेको एकै वर्षमा मकाउको सिङ्गै जनसङ्ख्या हराउनु बराबर हो । 

राजधानी टोकियोमा समेत २६ वर्षमा पहिलोपटक जनसङ्ख्यामा गिरावट आएको छ । यसले विश्वकै ठूलो अर्थतन्त्रको भविष्य गम्भीर खतरामा पारिदिएको छ । जापानमा विशेषगरी युवा वर्गको जनसङ्ख्या सबैभन्दा नराम्ररी प्रभावित हुँदै आएको पाइन्छ । सरकारले प्रजनन दर बढाउन लगातार प्रयास गरिरहँदा समेत १४ वर्ष भन्दा कम उमेरका बालबालिकाको सङ्ख्या ६ प्रतिशतले घटेको छ । 

यसको अर्थ के हो भने आगामी दशक जापानी कार्यक्षेत्रमा प्रवेश गर्ने नागरिकहरुको सङ्ख्या एकदम कम रहनेछ । यसैगरी काम गर्ने उमेरका किशोरकिशोरी र वयश्क अर्थात १५ देखि ६४ वर्ष उमेरका नागरिकको सङ्ख्या पनि ३ प्रतिशतले घटेको पाइएको हो । 

अर्कोतर्फ ६५ वर्ष माथिको उमेर पुगेकाहरुको सङ्ख्या चाहिँ ७ प्रतिशतले वृद्धि भएको हो । यो भनेको पहिले नै बूढो भइरहेको देशका लागि झन चुनौतिमय अवस्था हो । हाल जापानको २८.९ प्रतिशत जनसङ्ख्याले ६५ वर्ष उमेर पार गरेको छ । 

विज्ञहरुका अनुसार कुनै उल्लेखनीय परिवर्तन नल्याएसम्म जापानको गिर्दो जनसङ्ख्याको ट्रेन्ड सजिलै उकालो लाग्न सक्नेछैन जसको मूल्य त्यहाँको अर्थतन्त्रले चुकाउनुपर्ने हुन्छ । 

प्रजनन दरमा गिरावट जापानले सामना गर्दै आएको लामो समयदेखिको समस्या हो । हाल सरकारले बालबालिका हुर्काउने क्षमता वृद्धि गर्न उल्लेखनीय प्रयास गरिरहेको छ तर पनि प्रजनन दर उल्लेख्य रुपमा बढेको देखिँदैन । त्यसैले पनि यसको समाधान सजिलो हुनेछैन । 

प्रभाव स्वरुप थुप्रै व्यवसायहरुले कर्मचारीको सङ्ख्या पर्याप्त कायम राख्न अवकाशको उमेर बढाएका छन् । त्यस्तै कतिले चाहिँ रोबोटिक्स र अटोमेसन प्रणालीतर्फ केन्द्रित हुँदै भविष्यको जनशक्ति अभावका लागि अहिलेदेखि तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता