2026-09-08 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानको जनसङ्ख्या ६ लाख बढीले घट्यो, सरकार चिन्तामा !

वैशाख २२, टोकियो  | जापानको राष्ट्रिय जनसङ्ख्या २०२१ मा मात्र ६ लाख ४४ हजारले घटेको नयाँ तथ्यांकले देखाएको छ । यो भनेको एकै वर्षमा मकाउको सिङ्गै जनसङ्ख्या हराउनु बराबर हो । 

राजधानी टोकियोमा समेत २६ वर्षमा पहिलोपटक जनसङ्ख्यामा गिरावट आएको छ । यसले विश्वकै ठूलो अर्थतन्त्रको भविष्य गम्भीर खतरामा पारिदिएको छ । जापानमा विशेषगरी युवा वर्गको जनसङ्ख्या सबैभन्दा नराम्ररी प्रभावित हुँदै आएको पाइन्छ । सरकारले प्रजनन दर बढाउन लगातार प्रयास गरिरहँदा समेत १४ वर्ष भन्दा कम उमेरका बालबालिकाको सङ्ख्या ६ प्रतिशतले घटेको छ । 

यसको अर्थ के हो भने आगामी दशक जापानी कार्यक्षेत्रमा प्रवेश गर्ने नागरिकहरुको सङ्ख्या एकदम कम रहनेछ । यसैगरी काम गर्ने उमेरका किशोरकिशोरी र वयश्क अर्थात १५ देखि ६४ वर्ष उमेरका नागरिकको सङ्ख्या पनि ३ प्रतिशतले घटेको पाइएको हो । 

अर्कोतर्फ ६५ वर्ष माथिको उमेर पुगेकाहरुको सङ्ख्या चाहिँ ७ प्रतिशतले वृद्धि भएको हो । यो भनेको पहिले नै बूढो भइरहेको देशका लागि झन चुनौतिमय अवस्था हो । हाल जापानको २८.९ प्रतिशत जनसङ्ख्याले ६५ वर्ष उमेर पार गरेको छ । 

विज्ञहरुका अनुसार कुनै उल्लेखनीय परिवर्तन नल्याएसम्म जापानको गिर्दो जनसङ्ख्याको ट्रेन्ड सजिलै उकालो लाग्न सक्नेछैन जसको मूल्य त्यहाँको अर्थतन्त्रले चुकाउनुपर्ने हुन्छ । 

प्रजनन दरमा गिरावट जापानले सामना गर्दै आएको लामो समयदेखिको समस्या हो । हाल सरकारले बालबालिका हुर्काउने क्षमता वृद्धि गर्न उल्लेखनीय प्रयास गरिरहेको छ तर पनि प्रजनन दर उल्लेख्य रुपमा बढेको देखिँदैन । त्यसैले पनि यसको समाधान सजिलो हुनेछैन । 

प्रभाव स्वरुप थुप्रै व्यवसायहरुले कर्मचारीको सङ्ख्या पर्याप्त कायम राख्न अवकाशको उमेर बढाएका छन् । त्यस्तै कतिले चाहिँ रोबोटिक्स र अटोमेसन प्रणालीतर्फ केन्द्रित हुँदै भविष्यको जनशक्ति अभावका लागि अहिलेदेखि तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग