भदौ १७, काठमाडौँ | मधेसी, जनजाति, खसआर्य क्लस्टर राख्ने कि नराख्ने, संगठनको स्वरूप कस्तो हुने भन्ने विषयमा मतभेद हुँदा नयाँ शक्तिको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ | मधेसी, जनजाति, खसआर्य क्लस्टर राख्ने कि नराख्ने, संगठनको स्वरूप कस्तो हुने भन्ने विषयमा मतभेद हुँदा नयाँ शक्तिको "/>
२५ मंसिर २०८२, बुधबार
काठमाडौँ - KTM

बाबुरामको नयाँ शक्तिमा देखियो दुई धार, पूर्वमाओवादी र गैरमाओवादीबीच कुरा मिल्दैन

१७ भाद्र २०७३, शुक्रबार ०१:२८

भदौ १७, काठमाडौँ | मधेसी, जनजाति, खसआर्य क्लस्टर राख्ने कि नराख्ने, संगठनको स्वरूप कस्तो हुने भन्ने विषयमा मतभेद हुँदा नयाँ शक्तिको पछिल्ला बैठक प्रभावित भएका छन् । 

‘माओवादी पृष्ठभूमिबाट आएकाहरू पुरानै किसिमको संगठन संरचना चाहन्छन्, हामी प्रत्यक्ष लोकतन्त्रको अभ्यासबाट अघि बढ्ने बहसमा छौं,’ पार्टीका एक उच्च नेताले भने, ‘अहिले हाम्रो उहाँहरूसँग अन्तर्संघर्ष छ, पार्टीहरूका बीचमा अर्को एउटा पार्टी बनाएर अस्तित्वमात्रै देखाउने कि साँच्चैको वैकल्पिक पार्टी बनाउने ?’

युद्धकालीन माओवादीमा काम गरेर आउनेहरू भने पार्टी प्रवेशी पछिल्ला अनुहारहरूमा राजनीतिक चरित्र देखिन नसकेको भन्दै संयोजक बाबुराम भट्टराईसँग गुनासो गरिरहेका छन् । फिल्डमा दौडने बेला आफूहरू अघि सर्ने गरे पनि प्रचार बटुल्ने बेला उनीहरू छाउने गरेको पूर्वमाओवादीहरूको बुझाइ छ । 

एक साताअघि बबरमहलस्थित पार्टी मुख्यालयमा बसेको राजनीतिक समिति बैठकमा त्यसैको प्रतिबिम्ब देखियो । पार्टीका केही महत्त्वपूर्ण पद र विभागमा पदाधिकारी, सदस्य थप्न नेतृत्वले प्रयास गरे पनि को वरिष्ठ भन्ने खिचातानी सम्हाल्न नसक्दा समिति बैठक निष्कर्षमा पुग्न सकेन । 

त्यसपछि नयाँ शक्ति भनी मिडियामा छाउनेमा पूर्वकर्मचारी, सेलिब्रिटी, पत्रकार, उद्योगी, एनजीओकर्मी रहे पनि पार्टी संगठन निर्माणमा दौडनेमा उनै पूर्वमाओवादी बढी थिए । जेठमा पार्टी घोषणा सभादेखि छलफलसत्रसम्म तिनै नयाँ अनुहार हावी हुन पुगेको गुनासोमा माओवादी पृष्ठभूमिबाट आएकाहरू छन् । पूर्वमाओवादी र गैरमाओवादी भनी दुई तप्का बन्दै गएकोमा भट्टराईले अब बन्ने पार्टी बिलकुलै नयाँ चरित्रको बन्ने भएकाले आफ्नो पुरानो समूह अनुकूल भएन भनी नसोच्न भन्दै कार्यकर्ता थुमथुम्याउने गरेका छन् । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो