जेठ ४, काठमाडौँ | काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायमै राखेका छन्।अहिलेसम्म ३९ हजार ५ सय २० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार बालेनले १५ हजार ४ सय २ मत पाएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् ।
त्यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २ सय ८८ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार २ सय ९० मत पाएकी छन्।
महानगरमा वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ।