२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको पूर्वसन्ध्यामा बानेश्वरमा सिलिन्डर विस्फोट गराउने चारजना पक्राउ

२०७९, ४ जेष्ठ बुधबार ०६:०६

जेठ ४, काठमाडौँ | स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै सिलिन्डर विस्फोट गराउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाका २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेका २८ वर्षीय करण श्रेष्ठ, भोजपुरका २८ वर्षीय युवराज थापा र खोटाङका ३६ वर्षीय भरतकुमार राई छन् । 

उनीहरूले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा ३० वैशाखको राति २ बजेतिर तीनकुनेतर्फ जाने सडकखण्डमा ग्यास सिलिन्डरमा आगो लगाई विस्फोट गराएका थिए । घटना भएको केही मिनेटमै प्रहरी वृत्त नयाँ बानेश्वरबाट टोली घटनास्थलमा पुग्दा ठूलो क्षति हुनबाट जोगिएको थियो । विस्फोटबाट बिके कम्पलेक्समा रहेको दृष्टि आँखा केन्द्रको र साइन ग्लोबल एजुकेसन कन्सल्टेन्सी रहेको घरको सिसा फुटेको थियो । 

घटनापछि प्रहरीले अप्रेसन इको सिइर्रा परिचालन गरिएको थियो । राजधानीमै विस्फोट गराई मुलुकभर आतंक फैलाई सोही दिन हुन गइरहेको स्थानीय तह निर्वाचनलाई अवरुद्ध पार्ने दूषित मनसायसहितको कार्यमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलासका लागि उपत्यका विशेष प्रहरी टोली परिचालन गरिएको थियो । 

अनुसन्धानका विविध विधि तथा प्रविधिको प्रयोग गरी सूक्ष्म अनुसन्धान गर्दै प्रहरीले चारैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका राईमाथि यसअघि पनि विभिन्न मितिमा हातहतियार खरखजाना, बैंकिङ कसूर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कारबाहीमा गरिएको थियो । 

सामाजिक सञ्जाल फेसबुकमा कम्युनिष्ट पार्टी अफ नेपाल सिअन रहेको पाइएको छ । पछिल्लो समय राईले मिडियाको आवरणमा छद्मभेषी स्वरूप धारणा गरी जनताको सुसूचित हुन पाउने अधिकारलाई तोममरोड गर्नुका साथै छुट्टै समूह बनाई विस्फोटमार्फत सर्वसाधरण जनतामा डर, त्रास, फैलाई स्थानीय तहको निर्वाचन बिथोल्न र भूमिगत गिरोहको नाममा जनतामा आतंक मच्चाई आर्थिक उपार्जन गर्ने उद्देश्य रहेको प्रहरीले जनाएको छ । 

घटनास्थलबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (सिवादी) लेखिएको पर्चा, ग्यास सिलिन्डर विस्फोटन भएपश्चात भएको टुक्राहरू, कालो रातो कपाससहितको डसनाको टुक्राहरू, विभिन्न कम्पनिका आठ थान मोबाइल, उनीहरूको कोठाबाट ल्यापटप, स्कुटर, प्रेस लेखिएको ज्याकेट, नक्कली प्लाष्टिकको पेस्तोललगायतका सामान बरामद भएका छन् । 

पक्राउ परेका चारैजनालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-७, विस्फोट पदार्थसम्बन्धी दफा १४१ को कसुरमा अदालतबाट सात दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते