२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगर महानगरमा कांग्रेसका मेयर उम्मेदवार कोइरालाको अग्रता कायमै

२०७९, ४ जेष्ठ बुधबार १२:०८

जेठ ४, विराटनगर | विराटनगर महानगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाको अग्रता कायम छ।

हालसम्म गणना भएको गठबन्धनतर्फबाट कोइरालाले १५ हजार २ सय १३ मत प्राप्त गरेका छन्।

कोइरालाले एमालेका उम्मेदवार सागर थापाविरुद्ध ३ हजार ७ सय ८५ को अन्तरमा पु¥याएका छन्। थापाले हालसम्म ११ हजार ४ सय २८ मत हासिल गरेका छन्।

त्यसैगरी, स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका उमेश यादवले तेस्रो स्थानमा रहँदै ४ हजार ७ सय २८ मत पाएका छन्।

राप्रपाका प्रहलाद साह हालसम्म चौथो स्थानमा रहँदै ३ हजार ५२ मत प्राप्त गरेका छन्।

अर्कोतर्फ, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्की १३ हजार ८० मत पाएकी छन्। गठबन्धनतर्फका जसपाका उम्मेदवार अमरेन्द्र यादवले ७ हजार ८ सय ५६ मत पाएका छन्। दुवै उम्मेदवारबीच ५ हजार २ सय ५४ मतको अन्तर छ।

राप्रपाकी उम्मेदवार विन्दा लुइँटेल आचार्यले ३ हजार ७ सय २२ मत पाएर तेस्रो स्थानमा रहँदा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएकी नमिता न्यौपानेले २ हजार ७ सय ३९ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते