१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालमेलले निर्वाचन परिणाम उत्साहजनक : महामन्त्री शर्मा

५ जेष्ठ २०७९, बिहीबार ०२:४५

जेठ ५, काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले निर्वाचनमा गठबन्धन दलहरूबीच भएको तालमेल सफल हुनु रहेको बताए । 

निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा कांग्रेस पहिलो दल बन्ने निश्‍चित भएको बेला महामन्त्री शर्माको यो प्रतिक्रिया आएको हो । परिणाम आइसकेपछि भने निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा गरिने उनको भनाइ छ । 

‘प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन नै गर्न सक्दैन भन्ने पनि थियो । पहिले तीन चरणमा भएको थियो । तर, यस पटक एकै चरणमा भयो । परिणाम पनि उत्साहजनक आयो । परिणामलाई सकारात्मक भनेर अगाडि बढ्नुपर्छ’, उनले न्युज कारखानासँग भने, ‘निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा हुन्छ ।’

कांग्रेस पहिलो दल बन्‍ने अवस्थामा पुग्‍नु कतै गठबन्धन दलहरूबीच भएको तालमेल त कतै एक्लै निर्वाचन लड्दा निकालिएको परिणाम भएको शर्माले बताए । 

उनले आगामी प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनमा पनि तालमेल हुन सक्ने सङ्‍केत गरे । 

‘यो तालमेल स्थानीय तहको निर्वाचनको लागि थियो । तालमेल राम्रै भयो गठबन्धन दलहरूबीच’, शर्माले भने, ‘खोलो तर्‍यो, लौरो बिर्स्याे पनि गर्नु हुँदैन । त्यसको अर्थ देशभर तालमेल गर्नुपर्छ भन्‍ने छैन ।’

१७ चैतमा गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दुई सय बढी स्थानीय तहमा तालमेल भएको थियो ।

तालमेलकै कारण २०७४ सालको निर्वाचनबाट पहिलो बनेको दल एमाले दोस्रो हैसियतमा रहने देखिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार