जेठ ५, काठमाडौँ । काठमाडौं महानगरमा जारी मतगणनामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । बिहीबार बिहानसम्म ५५ हजार मत गणना गर्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले २१ हजार ३ सय २४ मत ल्याएका छन् |
उनले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार २ सय १६ मत प्राप्त गरेका छन् । उनी र शाहबीचको मतान्तर १० हजार १ सय ९ रहेको छ । त्यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार ३ सय ६२ मत ल्याएकी छन् ।