१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश र संघमा गठबन्धन स्थानीयमा भन्दा सफल हुन्छ – उपाध्यक्ष राई

५ जेष्ठ २०७९, बिहीबार ०५:४४

जेठ ५, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कि उपाध्यक्ष जयन्ती राईले कम स्थानीय तहमा निर्वाचन जित्‍ने अवस्था भए पनि राजनीतिक लडाइँ भने जितेको बताएकी छिन् । 

नेकपा एमालेलाई लक्षित गर्दै उनले निर्वाचनमार्फत प्रतिगामी प्रवृत्तिको दललाई ‘साइज’मा ल्याउन सकिएको बताइन् । 

‘हामीले जुन प्रवृत्तिविरुद्धको लडाइँ लडेका थियौँ । निर्वाचन परिणामले त लडाइँ जितेको देखाइदियो । तर, पूर्ण सफल होइन । साइजमा चाहिँ ल्याउने काम भयो’, न्युज कारखानासँग भनेकी छिन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट धोका पाएको आरोप लगाउँदै आएका छन् । 

सोमबार मदन आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले तालमेलबारे समीक्षा आवश्यक रहेको समेत बताएका थिए । तर, उनकै पार्टी उपाध्यक्ष राईले भने तालमेल सफल नै भएको बताइकी हुन् ।   प्रदेश र सङ्‍घीय निर्वाचनमा भने तालमेल अझ सफल हुने उपाध्यक्ष राईले बताइन् । 

‘स्थानीय तहमा पो मतदाताले नातागोता हेर्छन् । प्रदेश र सङ्‍घमा त्यस्तो हुँदैन’, उनले भनिन्, ‘बढी तालमेल सफल हुने स्थानीयमा भन्दा पनि प्रदेश र सङ्‌‍घमा हुन्छ ।’

तालमेल सफल भएको दाबी गरिए पनि गठबन्धनलाई नै तोडेर धेरै ठाउँमा एमाले उम्मेदवारहरू विजयी भएका छन् ।  यद्यपि, पहिलेको तुलनामा एमालेले करिब ९५ स्थानीय तह भने गुमाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार