१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ महानगरको अब गन्न बाँकी मत कति ? कहिलेसम्म आउँला अन्तिम मतपरिणाम ?

५ जेष्ठ २०७९, बिहीबार ०७:३०

जेठ ५, काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले निरन्तर अग्रता लिईरहेका छन् । रोचक के छ भने हरेक मतगणनाको परिणाम आउँदा उनले पाएको मत एमालेका उम्मेदवार केशव स्थापितको भन्दा दोब्बर हुने क्रम एकै लयमा छ । 

हालसम्मको ताजा मत परिणाम अनुसार बालेन शाहले २२ हजार बढी मत पाई सकेका छन् । शाहले २२ हजार ८४२ मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन् । नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले भने १० हजार ९६८ मत पाएकी छन् । 

अहिलेसम्म ५८ हजार ८५० मत गणना सकिएको छ । वैशाख ३० गते भएको निर्वाचनमा काठमाडौँ महानगरमा कुल खसेको मत १ लाख ८९ हजार ४२० हो । वैशाख ३१ बिहानबाट मतगणना सुरु भएर आजसम्म आईपुग्दा ५ दिन पुरा भईसकेको छ । मत गणनाको पछिल्ल्लो गति अनुसार २४ घण्टामा १५ हजार मतगणना भईरहेको छ । अब काठमाडौँ महानगरको गन्न बाँकी मतनै १ लाख ३० हजार ५७० रहेको छ । यस हिसाव अनुसार अहिलेकै गतिमा मतगणना हुँदै जाने हो भने अझै काठमाडौँको अन्तिम मत परिणाम आउन ८ देखि ९ दिन लाग्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार