2026-06-20 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कार आरोपको अनुसन्धान गर्न संसद्को निर्देशन, प्रहरी भन्छ- हदम्याद नाघिसक्यो

जेठ ६, काठमाडौँ | कुनै पनि घटना भएको मितिले अदालतमा मुद्दा दर्ता भइसक्नु पर्ने समयावधिलाई हदम्याद भनिन्छ । यति बेला यही हदम्यादको विषय चर्चामा रहेको छ ।

८ वर्षअघि एक सुन्दरी प्रतियोगिता आयोजकले आफूलाई बलात्कार गरेको भन्दै हालसालै ‘पीडित’ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि राष्ट्रिय चर्चाको विषय बनेको छ ।

शुक्रवार बिहान बालुवाटारमा महिला अधिकारकर्मीसहितले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।

दिउँसो प्रतिनिधिसभा बैठकमा गगन थापालगायत सांसदले चासो राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनामा अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका थिए ।

                     

यति बेला प्रहरीले आरोपीको खोजी गरिरहेको छ भने पीडित भनिएकी युवती र उनका परिवारलाई सम्पर्कमा ल्याएर बुझ्ने काम गरिरहेको छ। बलात्कारको आरोपमा मुद्दा दर्ता घटना भएको मितिले एक वर्षसम्म मात्र हुने व्यवस्था रहेकाले यस घटनाको अनुसन्धानलाई कसरी अगाडि बढाउने भन्नेमा प्रहरी अन्योल छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसी कसैले आरोप मात्र लगाइरहेको अवस्था भएकाले पीडितसँग प्रत्यक्ष रूपमा बुझेपछि मात्र थाहा हुने बताउँछन् ।

‘अहिलेसम्म ती युवतीले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेर दाबी गरिरहेकी छिन्। उनको दाबी सही हो वा गलत हो, यसमा अन्य विषय पो जोडिएको छ की भनेर नबुझी हद म्यादको विषयमा प्रवेश गर्नु हतार हुन्छ। पहिला घटना के हो भन्ने कुरा त प्रहरीले बुझ्नु पर्‍यो नि’, एसएसपी केसी भन्छन् ।

अनुसन्धानमा खटिएका अधिकारीहरू भने बलात्कारमा मुद्दा चलाउन हद म्यादले नदिने बताउँछन्।

‘हामी यसरी किन दौडिरहेका छौँ भन्ने थाहा छैन। बलात्कारमा मुद्दा चलाउन हद म्याद नाघिसकेको छ। अरू कुनै कसुर आकर्षित हुन्छ भने बेग्लै कुरा’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् ।

बलात्कार मुद्दामा हद म्याद ३५ दिन, ९० दिन हुँदै पछिल्लो व्यवस्थामा एक वर्ष पुर्‍याइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ