जेठ ७,काठमाडौँ | काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ९६ हजार ६ सय ४९ मत गणना भएको छ । मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह ३४ हजार ९ सय ४८ मत ल्याएका छन् | दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा पुगेका छन् । उनलाई तेस्रो स्थानमा रहेकी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले उछिनेकी हुन् | नेपाली काँग्रेसकी सिर्जना सिंहले १९ हजार १ सय ४९ मत ल्याएकी छन् भने केशव स्थापितले १९ हजार १ सय ४९ मत ल्याएका छन् | सिर्जना ३६ मतले स्थापितभन्दा अगाडि छिन् ।अहिले काठमाडौं महानगरका ९ वटा वडाको मत गणना जारी छ ।