२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्घाखाँचीमा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु

२०७९, ८ जेष्ठ आईतवार १०:३६

जेठ ८, अर्घाखाँची | अर्घाखाँचीमा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५० वर्षिय नुमराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्युठान फोप्लीका उनीहरु शितगंगा नगरपालिका वडा नम्वर ९ औले निवासी हिरा घर्ती पल्लीको छोरीको न्वरानको भोज खान आएका थिए । शुक्रबार राती औले आएका उनीहरु शनिबार बिहान करिव १० बजेको समयमा न्वरानको भोज खाएर खोलामा माछा मार्न जाल बोकेर खोलामा पुगेका उनीहरु माछा मार्ने क्रममा खोलाको रहमा डुबेका थिए ।

स्थानीयले शव खोलाको पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना’bout जानकारी पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो ।शवको जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी आज आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिए । घटनाको ’bout मा थप अनुसन्धान भैरहेको प्रहरीको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस